परशुराममा कुटिए प्रमुख प्रशासकीय, उपमेयरसहित दुई वडाध्यक्ष पक्राउ

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

आज (बिहीबार) निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट गरेको आरोपमा नगरपालिकाका उपमेयर विमलाकुमारी बोहरा, ७ नम्बर वडाका अध्यक्ष कर्णबहादुर धामी, १ का वडा अध्यक्ष लालबहादुर धामीलाई प्रहरीले पक्राउ गरेको हो।

GBL NEW

प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएपछी नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले किटानीसहित जाहेरी दिएपछी उनीहरूलाई पक्राउ गरिएको हो।

तीनै जनालाई पक्राउ गरि थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी दीपक कार्कीले जानकारी दिए।

बिहीबार भएको कार्यपालिका बैठकमा माओवादीबाट विजयी सदस्यहरुले  बिरोध गर्दै आफूमाथि आक्रमण गरेको जोशीले बताएका छन्। उनको टाउकोमा चोट लागेको छ।

बैठकमा नगर प्रवक्ता समेत रहेका वडा नम्बर ६ का अध्यक्ष खगेन्द्र सिंह लगाएत काँग्रेसबाट विजयी भएका कार्यापालिका सदस्यले उपमेयरमाथि अभद्र व्यवहार गर्दा प्रतिरक्षा गर्दा विवाद भएको वडा नं ७ का अध्यक्ष धामीले बताए।

तर, नियोजित ढङ्गले फसाउन आफूमाथि गलत आरोप लगाएको उनले बताए।

प्रमुख प्रशासकीय अधिकृत भागदौडका क्रममा चिप्लिएर चोट लागेको हुन सक्ने उनले दाबी गरे।

Ddl dental
Leave A Reply

Your email address will not be published.