डडेल्धुरा महोत्सवमा चक्र बमको क्रेज [तस्बिरमा]

dream cafe
learnar

डडेल्धुरा : ‘सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं छैठौं डडेल्धुरा महोत्सव—२०८०’ जारी छ।

GBL NEW

फागुन २४ गतेदेखी सुरु भएको महोत्सवको आज  साताैं दिन बुधबार पनि विभिन्न कलाकारले प्रस्तुति दिएका छन्।

डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराले यहाँका ऐतिहासिक पुरातात्विक सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रर्र्वद्धन तथा यहाँका कला संस्कृतिको जर्गेना गर्न उद्देश्यले महोत्सवको आयोजना गरेको हो।

आज स्थानीय कलाकारसँगै राष्ट्रिय कलाकारले आफ्नो प्रस्तुति दिएका हुन्।

गायक चक्र बम, इब्सल संज्याल तथा डान्सर सब्बु धामीले आफ्नो प्रस्तुति राखेका छन्। बमले दर्जन बढी गित गाएका थिए। उनको गितमा दर्शक झुमेका थिए।

फागुन २४ गतेदेखि सुरु भएको महोत्सव चैत ४ गतेसम्म जिल्ला सदरमुकामको अमरगढी नगरपालिका—४ टुँडिखेलमा चल्ने छ।

महोत्सवमा टिकट शुल्क एक सय रुपैयाँ तोकिएको छ। विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ भने ७० वर्षमाथिका ज्येष्ठ नागरिक तथा क र ख वर्गका अपाङ्गता भएका नागरिकलाई प्रवेश शुल्क निःशुल्क गरिएको छ।

तस्बिर : प्रकाश विसी

Ddl dental
Leave A Reply

Your email address will not be published.