दार्चुलामा मेयरका ड्राइभरले प्रहरीको बर्दी च्याते

dream cafe
learnar

डडेल्धुरा : दार्चुलामा मेयरका ड्राइभरले प्रहरीमाथि हातपात गर्दा दुई जना प्रहरी घाइते भएका छन्।

जिल्लाको शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामी चढ्ने गाडीका चालक सुरेश बिष्टले  प्रहरीमाथि हातपात गरेका हुन्।

Amargadhi Education

घाइते हुनेमा  ईलाका प्रहरी कार्यालय गोकुलेमा कार्यरत प्रहरी हवल्दार मेघराज बिक र प्रहरी जवान नरेन्द्र बोहरा रहेका छन्।

बिष्ट हिजो (मंगलबार) गोकुलेको मेलामा  प्रहरीमाथि जाइ लागेको बुझिएको छ।

प्रहरी स्रोतका अनुसार मेलमा ३/४ जनाले गाजा (चरेस) भरेर खाइरहेका छन् भन्ने खबर ईलाका प्रहरी कार्यालय गोकुलेमा घुमुवा प्रहरीले  गरेका थिए।

अजयमेरु फाैजी केरा

स्रोतले भन्यो, ‘प्रहरीको टोलीले उनीहरू माथि चेकजाँच गर्दा ड्राइभर  बिष्टले आफ्नो भाइ भएको भन्दै  छोड्दिन प्रहरीलाई धम्की दिएका थिए। तर, हवल्दार बिकले चेक गर्न नछाडेपछि उनले बिकको बर्दीनै च्यातिदिएका थिए।’

बिष्टकै कुटाइबाट हवल्दार बिकको छातीमा चोट लागेको छ भने प्रहरी जवान बोहराको हात भाँच्चिएको छ। प्रहरी कुट्ने बिष्टलाई हिजै प्रहरीले नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय दार्चुला ल्याएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले भने प्रहरीमाथि  हातपात भएको बारे आफूलाई जानकारी नभएको बताए।

उनले मेलामा मदिरा सेवन गरेर होहल्ला गर्ने एक जनालाई नियन्त्रणमा लिइएको बताए। तर, बिष्टलाई छुटाउन प्रहरीमाथि चर्को दबाब आइरहेको स्रोतले बतायो।

बिस्टको गाडी शैल्यशिखर नगरपालिकाले भाडामा लिएको छ।

सो गाडीमा  मेयर धामी चढ्छ्न। बिस्टको घर शैल्यशिखर -९ नक्तड हो। उनी  मेयर धामीका नातेदार पर्छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.