बोहरा मेडिको सेन्टर

कर्णाली पुलमा आगलागी : पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

dream cafe
learnar

डडेल्धुरा : कर्णाली चिसापानीस्थित पुलमा ट्रकमा आगलागी भएपछि राजमार्ग अवरुद्ध भएको छ।

सोमबार दिउँसो लाइटर बोकेको गुडिरहेको ट्रकमा एक्कासी आगो लागेको थियो।

CNA

कैलाली र बर्दिया जोड्ने पुलमा आगलागी भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको हो। आगलागीका कारण सवारीसाधनहरु सडकमै रोकिएका छन्।

GBL NEW

प्रहरीका अनुसार अहिले पूर्व–पश्चिम राजमार्गमा चल्ने सवारीसाधन कैलालीको लम्कीदेखि टीकापुर, बर्दियाको राजापुर, भुरिगाउँको वैकल्पिक मार्गमा पठाइएको छ।

ट्रकमा लागेको आगो पुलमा पनि सल्किएको छ। पुलका लठ्ठामा समेत आगो सल्केको छ।

सोही कारण सुरक्षाको दृष्टिकोणले अहिलेलाई पुलमा आवतजावत बन्द गरिएको छ।

स्थानीय प्रहरीका अनुसार आगलागीबाट पुलमा भएको क्षतिको यकिन गर्न इन्जिनियरको टोली काठमाडौंबाट गइसकेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.