यसअघिको सरकारले थन्क्याएर राखेका एकनारायण गृह मन्त्रालयको सचिव

dream cafe
learnar

डडेल्धुरा : गृह मन्त्रालयको गृह सचिवमा एकनारायण अर्याललाई सरूवा गर्ने निर्णय गरिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई गृह सचिवमा सरूवा गर्ने निर्णय गरेको हो।

GBL NEW

यसअघिको गठबन्धन नेपाली कांग्रेस र माओवादी सरकारले अर्याललाई जिम्मेवारी नदिई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा थन्क्याएर राखेको थियो।

सहसचिव हुँदा काठमाडौँको सीडीओ रहिसकेका अर्याल निर्णय क्षमतामा अब्बल मानिन्छन्। उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका थिए।

त्यसअघि उनी श्रम मन्त्रालयमा थिए। श्रम मन्त्रालयको सचिव हुँदा वैदेशिक रोजगार सम्झौतामा राम्रो भूमिका खेलेका अर्याल सत्ताको प्रमुख घटक एमालेको सिफारिसमा गृहमा प्रवेश भएका हुन्।

गृहसचिव दिनेश भट्टराईलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.