नाउपाबाट सुदूरपश्चिममा फेरि थपिए एक मन्त्री, शपथ पनि आजै

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। उनले सोमवार नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन्।​​

विनाविभागीय मन्त्रीका रुपमा नियुक्त चौधरीले आजै शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ। योसँगै नागरिक उन्मुक्तिबाट सरकारमा सहभागी मन्त्रीको संख्या ५ पुगेको छ ।​

नाउपा संसदीय दलका नेतासमेत रहेका घनश्याम चौधरी आर्थिक मामिला मन्त्री, खुसीराम चौधरी विनाविभागीय र इन्दिरा गिरीले भूमि व्यवस्था राज्यमन्त्रीको जिम्मेवारी पाएसँगै शपथसमेत लिइसकेका छन्।

Leave A Reply

Your email address will not be published.