‘मेला महोत्सव कमाउने थलो बनेको छ’

dream cafe
learnar

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिका–९ रामघाटकी सुशीला चौधरी दुनाटपरी बनाउने काम गर्छिन्। गाउँकै अन्य नौ जना महिलालाई जुटाएर उनले दुनाटपरी बनाउने उद्योग नै सञ्चालन गरेकी छन्।

गत मङ्सिरयता दुनाटपरी बनाउन थालेका उनीहरूलाई आजभोलि दुनाटपरी बेच्न भ्याइनभ्याइ छ।

Ird

कञ्चनपुरको महेन्द्रनगरमा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको मेलामा उनीहरूको दैनिकी व्यस्त बनाएको छ।

“मेला प्रदर्शनी कक्ष थापेका छौँ। गाउँमै उत्पादित दुनाटपरी बेच्छौँ”, उनले भनिन्, “दुनाटपरी निकै रुचाइएको छ। यसले बजारीकरणमा टेवा पुर्‍याएको छ।”

विभिन्न आकारको दुनाटपरी उत्पादन गरेर बिक्रीका लागि राखिएको छ। गाउँ नजिकैको रामघाट सामुदायिक वनबाट पात सङ्कलन गरेर दुनाटपरी तयार गर्ने गरिन्छ।

“दुनाटपरी बनाउनेमा कार्यमा दश महिला संलग्न छन्। बिहानै जङ्गल गएर सालको पात टिपिन्छ”, उनले भनिन्, “पात सुकाएर पछि सिन्काले जोडिन्छ। त्यसपछि मेसिन राखेर दुनाटपरीको आकार दिइन्छ।”

HARDIK AGRo NEw

बैतडीको दोगडाकेदार गाउँपालिका–७ का टेकबहादुर कार्कीले पनि महेन्द्रनगरको महोत्सवमा डोको, सुप्पो, दलहन, अचार, घ्यू, महलगायत स्थानीय उत्पादनको प्रदर्शनी कक्ष राखेका छन्।

उनले बैतडीमा निगालोबाट तयार पारिका डोको, सुप्पा बिक्रीका लागि महेन्द्रनगर ल्याएका हुन्।

 “कैलाली कञ्चनपुरका मेला महोत्सवमा बिक्री गरिन्छ। बैतडीमा उद्यु उद्यममा उत्पादन गरिएका वस्तु बिक्री गरिन्छ”, उनले भने, “कतिपय वस्तु स्थानीयबाट सङ्कलन गरेर ल्याउँछौँ। प्रचारप्रसार राम्रो भएको छ। बिक्री पनि राम्रै छ।”

सङ्घको आयोजनामा यही फागुन २१ गतेदेखि महेन्द्रनगरमा ‘सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव’ जारी छ।

मेलाले स्थानीयस्तरमा उत्पादित कृषि, खाद्यसहितका वस्तु तथा सेवाको प्रचारप्रसार, प्रवर्द्धन र बजारीकरणमा टेवा पुर्‍याएको सङ्घका अध्यक्ष पिताम्बर जोशीले विश्वास व्यक्त गरे।

“स्थानीयस्तरमा उत्पादित खाद्यान्न, कृषि उत्पादन तथा लघु उद्यमलाई प्राथमिकतामा राखिएकोे छ”, उनले भने, “दिनहुँ सयौँले अवलोकन गरिरहनुभएको छ। यसले यहाँ उत्पादनको प्रचारप्रसार भइरहेको छ।”

पहिलो पटक मेलामा थारु समुदायको मौलिक परिकारसहितको थारु गाउँ पनि राखिएको छ। त्यहाँ थारु मौलिक पहिचान झल्किने सङ्ग्रहालय तथा परिकार ढिक्री, घुँगी, माछा, सुँगुरको मासुलगायत छन्।

“मेला महोत्सवमा थारु परिकार बेच्न लागेको आठ वर्ष भयो। एक याममा तीन/चार लाख आम्दानी हुन्छ”, कैलालीको जोशीपुर गाउँपालिका–६ सिमरीका अञ्जुराज डगौँरा भन्नुहुन्छ, “ मेला महोत्सव हाम्रो लागि कमाउने थलोजस्तै बनेको छ।”

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.