CAMBRIDGE PUBLIC SCHOOL

छैटौं डडेल्धुरा महोत्सवको तेस्रो दिन दर्शकको साथ (तस्वीरसहित)

डडेल्धुरा : ‘सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं छैठौं डडेल्धुरा महोत्सव—२०८०’ जारी छ।

फागुन २४ गतेदेखी सुरु भएको महोत्सवको आज तेस्रो दिन शनिबार पनि विभिन्न कलाकारले प्रस्तुति दिएका छन्।

डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराले यहाँका ऐतिहासिक पुरातात्विक सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रर्र्वद्धन तथा यहाँका कला संस्कृतिको जर्गेना गर्न उद्देश्यले महोत्सवको आयोजना गरेको हो।

शनिबार स्थानीय कलाकारसँगै राष्ट्रिय कलाकारले आफ्नो प्रस्तुति दिएका हुन्।

मोडेल ऋतु कँडेल, गायक चेतन बोहरा, टेक बिसि , गायिका  उद्घोषिका उमादेवी खनाल, उद्घोषक कोष खड्काले आफ्नो प्रस्तुति राखेका छन्।

फागुन २४ गतेदेखि सुरु भएको महोत्सव चैत ४ गतेसम्म जिल्ला सदरमुकामको अमरगढी नगरपालिका—४ टुँडिखेलमा चल्ने छ।

महोत्सवमा टिकट शुल्क एक सय रुपैयाँ तोकिएको छ। विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ भने ७० वर्षमाथिका ज्येष्ठ नागरिक तथा क र ख वर्गका अपाङ्गता भएका नागरिकलाई प्रवेश शुल्क निःशुल्क गरिएको छ।

 

Leave A Reply

Your email address will not be published.