बोहरा मेडिको सेन्टर

रसुवा बाढी पीडितलाई नवदुर्गा गाउँपालिकाले १ लाख रुपैयाँ सहयोग गर्ने

dream cafe
learnar

डडेल्धुरा: रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै डडेल्धुराको नवदुर्गा गाउँपालिकाले विपद् प्रभावितको उद्धार तथा राहतका लागि १ लाख रुपैयाँ नगद सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले बिहीबार एक अपिल जारी गर्दै यही भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण थुप्रै नागरिकले ज्यान गुमाउनुका साथै ठूलो संख्यामा घाइते भएको र भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुगेको घटनाले गाउँपालिका परिवारलाई मर्माहत बनाएको बताएका छन्।

CNA
GBL NEW

गाउँपालिकाले बाढी तथा पहिरोमा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

नेपाल सरकारद्वारा सञ्चालन भइरहेको उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाले हाललाई १ लाख रुपैयाँ नगद सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो।

विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारसँग हातेमालो गर्दै आवश्यक सहयोग, समन्वय र सहकार्य निरन्तर गर्ने गाउँपालिकाले जनाएको छ।

प्राकृतिक विपद्को यस कठिन घडीमा आ–आफ्नो क्षेत्रबाट उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा जुट्न र आफ्नो सामर्थ्यअनुसार सहयोग गर्न गाउँपालिकाले आम नागरिक, उद्योगी, व्यवसायी, संघ–संस्था तथा सरोकारवालालाई समेत अपिल गरेको छ।

Ddl dental
Bajaj
Leave A Reply

Your email address will not be published.