

डडेल्धुरा : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल डडेल्धुरा पुगेकी छन्।
मन्त्री रावलको उपस्थितिमा कार्यालय प्रमुखहरूको बैठक सञ्चालन भइरहेको छ।


तर, बैठकका क्रममा कार्यक्रमस्थलको ढोका थुनेर पत्रकारलाई प्रवेश निषेध गरिएको छ।
बैठकमा जिल्लाका कार्यालय प्रमुखहरूको सहभागिता रहेको बताइएको छ।
सार्वजनिक सरोकारका विषयमा छलफल हुने बैठकमा सञ्चारकर्मीलाई प्रवेश नदिइएपछि यसको पारदर्शितामाथि प्रश्न उठेको छ।

