बोहरा मेडिको सेन्टर

देउवाको दायाँ कर्ण, बायाँ नैनसिंह : संयोग कि छलफल ?

dream cafe
learnar

डडेल्धुरा : नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग कांग्रेस नेता कर्णबहादुर मल्ल र नैनसिंह महरको भेटघाटको तस्वीर सार्वजनिक भएपछि डडेल्धुराको कांग्रेस राजनीतिमा नयाँ बहस सुरु भएको छ।

मल्ल र महर दुवैले देउवासँग भेटेको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। तस्वीरमा देउवाको दायाँतर्फ मल्ल र बायाँतर्फ महर देखिन्छन्। यद्यपी यी दुईले देउवासँग छुट्टाछुट्टै भेट गरेका हुन्।

CNA

मल्लले तस्वीर सार्वजनिक गर्दै लेखेका छन्, ‘लामो अन्तरालपछि दाजुभाइको भेटघाट… जय गन्याप, जय नेपाल, सबैको जय होस्…।’

महरले भने लामो समयको उपचारपछि फर्किएका देउवाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन भेट गरेको बताएका छन्। उनले कांग्रेसभित्रको द्वन्द्व अन्त्य गरी एकताबद्ध कांग्रेस निर्माणमा देउवाको भूमिका महत्वपूर्ण रहेको धारणा राख्दै आफूहरूले सभापति गगनकुमार थापालगायत नेताहरूसँग पार्टी एकताका लागि संवाद गरिरहेको बताएका छन्।

महरले देउवा र सभापति थापाबीच भेटघाट तथा संवादको आवश्यकता औँल्याएको समेत बताएका छन्। उनका अनुसार देउवाले आफूले पार्टीभित्र मिलाउन पहल गरिरहेको र अदालतको निर्णय आएपछि अघि बढ्ने बताएका थिए।

विगतमा देउवासँगै दूरी

कर्णबहादुर मल्ल र नैनसिंह महर दुवै कुनै समय देउवाका निकट राजनीतिक सहयोगी मानिन्थे। तर पछिल्लो समय दुवै नेताको देउवासँग राजनीतिक दूरी बढेको थियो।

मल्ल कुनै समय देउवाको सचिवालयमा प्रभावशाली भूमिकामा थिए। तर पछि उनलाई देउवाले पार्टीबाटै निष्कासन गरेका थिए। त्यसपछि मल्ल र देउवाबीचको सम्बन्धमा लामो समय दूरी देखिएको थियो।

GBL NEW

मल्ल विपी काँग्रेस पार्टीमा आवद्ध भएर जिल्लामा देउवालाई काउन्टर दिएका थिए। उनी देउवासँग चुनाव समेत लडेका थिए।

महरको हकमा पनि पछिल्लो प्रतिनिधिसभा निर्वाचनका बेला देउवासँग सम्बन्ध चिसिएको थियो। महरले आफूखुसी टिकट लिएर गएको भन्दै देउवाले उनलाई भेट नदिएको बताइन्छ। निर्वाचनको मुखमै देउवा विदेश गएका थिए।

निर्वाचनमा पराजित भएपछि महरले देउवाबाट सहयोग नपाएको आसक्ति दिइरहेका छन्।

यस्तो पृष्ठभूमिमा लामो समयपछि मल्ल र महर दुवै देउवासँग दायाँ, बायाँ देखिनुलाई डडेल्धुराको कांग्रेस राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।

तस्वीरले बढायो राजनीतिक चासो

विशेषगरी डडेल्धुराको राजनीतिमा देउवा, मल्ल र महरबीचको सम्बन्धलाई चासोका साथ हेरिँदै आएको छ।

त्यसैले देउवाको दायाँतर्फ मल्ल र बायाँतर्फ महर उभिएको तस्वीर सार्वजनिक भएपछि यसलाई कतिपयले सामान्य भेटघाटभन्दा बढी राजनीतिक अर्थमा हेरेका छन्।

कतिपयले यसलाई कांग्रेसभित्रको आन्तरिक विवाद मिलाउने प्रयास तथा डडेल्धुरामा नयाँ राजनीतिक समीकरणको संकेत हुन सक्ने अनुमान गरेका छन्। तर, तस्वीरकै आधारमा नयाँ समीकरण बनेको निष्कर्ष निकाल्न भने कठिन छ।

सिमाना न्युजसँग कुरा गर्दै कर्ण मल्लले दायाँ, बायाँ फोटो आउनु संयोग मात्रै भएको बताए।

उनले भने, ‘शेरबहादुर दाइलाई भेटेर फोटो खिच्दा म जहाँ उभिएको थिएँ, त्यहीँ उभिएर खिचेको हुँ। हामीबीच त्यस्तो छलफल भएको होइन। उहाँले बायाँतिर खिचाउनु भएछ।’

Ddl dental
Leave A Reply

Your email address will not be published.