बोहरा मेडिको सेन्टर

नेकपाबाट सुदूरपश्चिम सरकारमा ३ मन्त्री र २ राज्यमन्त्री, को–को ?

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएको छ। मुख्यमन्त्री खगराज भट्टले तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

GBL NEW

मुख्यमन्त्री भट्टले प्रकाश रावललाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, ओमविक्रम भाट ‘सरल’लाई भौतिक पूर्वाधार विकासमन्त्री र खुसीराम चौधरीलाई आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त गरेका छन्।

CNA

त्यस्तै, इन्दिरा गिरी र जानकी पौडेल कुँवरलाई राज्यमन्त्री नियुक्त गरिएको छ। नवनियुक्त मन्त्री तथा राज्यमन्त्री सबै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद हुन्।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीलाई आजै राति पद तथा गोपनीयताको शपथ गराउने तयारी गरिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.