सुदूरपश्चिममा काँग्रेस र नाउपाको गठबन्धन, मध्यराति तीन मन्त्रीले लिए सपथ

dream cafe
learnar

धनगढी : सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले गठबन्धन गरेका छन्।

केन्द्रमा गठबन्धन भत्किएसँगै सुदूरपश्चिममा कांग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाह अल्पमतमा परे। यससँगै उनले नयाँ गठबन्धन बनाएका हुन्।

GBL NEW

नेकपा (माओवादी केन्द्र)ले साथ छोडेपछि उनले नागरिक उन्मुक्तिको साथ लिएका छन्।

यससँगै मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिका तर्फबाट शुक्रवार तीनजना मन्त्री थपेका हुन्।

संसदीय दलका नेता घनश्याम चौधरीले आर्थिक मामिलामन्त्री, खुसीराम चौधरी विना विभागीय र इन्दिरा गिरीले भूमि व्यवस्था राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्।

उनीहरु तीनै जनाले प्रदेश प्रमुख कार्यालयमा सपथ ग्रहण गरेका छन्।

अल्पमतमा परेका मुख्यमन्त्री शाहले राप्रपाकी सासंद् खेमादेवी बिष्ट र स्वतन्त्र सांसद ताराप्रसाद जाेशीलाई मन्त्रीमा नियुक्त गर्ने गरि तयारी थालेका छन्।

सुदूरपश्चिममा मुख्यमन्त्री शाहलाई कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेशसभा सदस्य गरी २५ जनाको समर्थन छ।

संघीय सरकारका साझेदार एमाले, माओवादी र समाजवादीसंग भने २४ मत रहेको छ। प्रदेश सभामा एक जना स्वतन्त्र र एक जना राप्रपा सासंद रहेका छन्। उनीहरु कतै तिर खुलेका छैनन्।

यी दुई सांसदले साथ दिए मुख्यमन्त्री शाह सुरक्षित हुनेछन्। यसर्थ उनी मन्त्रालय फुटाए भएपनि उनीहरूलाई समेट्ने पक्षमा लागेको स्रोतको दाबी छ।

प्रदेशमा सरकार बनाउन २७ जना सासंदको समर्थन आवश्यक हुन्छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.