बोहरा मेडिको सेन्टर

शिक्षा, साहित्य र पत्रकारिताका स्रष्टालाई भागेश्वरको सम्मान

dream cafe
learnar

डडेल्धुरा : भागेश्वर गाउँपालिकाले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई ‘एन्डी प्रकाश चटौत बहुप्रतिभा पुरस्कार’ प्रदान गरेको छ।

गाउँपालिकाद्वारा असार २५ गते आयोजित सार्वजनिक सुनुवाइ विशेष समारोहका अवसरमा शिक्षा, साहित्य, कला, संस्कृति, संगीत तथा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको हो।

CNA

GBL NEW

शिक्षा विधातर्फ हिक्मत ठाकुर र अनिरुद्रप्रसाद जोशी, साहित्य, कला, संस्कृति तथा संगीत विधातर्फ आरडी प्रकाश चटौत र कैलाश कुमार पाण्डेय, तथा पत्रकारिता विधातर्फ डीआर पन्त र छत्र साउद पुरस्कृत भएका छन्।

गाउँपालिका अध्यक्ष हेमराज चटौतले सम्मानपत्र तथा  ४० हजार रुपैयाँ प्रदान गरेका थिए।

अध्यक्ष चटाैतले यश वर्षदेखि ‘एन्डी प्रकाश चटौत बहुप्रतिभा पुरस्कार’ सुरु गरिएको र हरेक वर्ष यी तीन विद्यामा पुरस्कार तथा सम्मानित गरिने बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.