बोहरा मेडिको सेन्टर

१० महिनापछि भेटियो लुटिएको डिन हेमनाथ चढ्ने गाडी

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिनको कार्यालयको चोरी भएको सरकारी स्कारपियो गाडी प्रहरीले करिब १० महिनापछि बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार २०८२ साल भदौ २५ गते धनगढी उपमहानगरपालिका–५, हसनपुरस्थित डिन डा. हेमनाथ जोशीको निजी निवासबाट बा.२ झ २८५९ नम्बरको सरकारी स्कारपियो गाडी जेन्जी आन्दोलनको मौका छोपी मुखमा मास्क लगाएका एक समूहले लुटेर लगेका थिए।

health office dashin
CNA

प्रहरीले घटनापछि निरन्तर खोजतलास गर्दै जाँदा असार ८ गते घोडाघोडी नगरपालिका–२ स्थित अर्जुन कार्कीले सञ्चालन गरेको लिगासैनी सःमिल तथा फर्निचर उद्योगबाट गाडी स्वरूप परिवर्तन गरिएको अवस्थामा बरामद गरेको जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा उद्योग सञ्चालक अर्जुन कार्कीलाई पक्राउ गरिएको छ।

उनीमाथि चोरी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

र, यो पनि :

कहाँ गयो डिन हेमनाथ चढ्ने स्कारपियो ?

Ddl dental
Leave A Reply

Your email address will not be published.