कहाँ गयो डिन हेमनाथ चढ्ने स्कारपियो ?

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन डा. हेमनाथ जोशी चढ्ने स्कारपियो गाडी अझै बेपत्ता छ।

जोशीले प्रयोग गर्ने स्कारपियो गाडी गत भदौ २५ गते जेन्जी आन्दोलनका दिनदेखि देखि बेपत्ता छ।

Amargadhi Education
अजयमेरु फाैजी केरा

जेशीको नीजि निवास धनगढी उपमहानगरपालिका–५, हसनपुरबाट उनले प्रयोग गर्ने बा २ झ २८५९ नम्बरको सेतो स्कारपियो गाडी भदौ २५ गते दिउँसो करिब १२ बजे आठ जनाको मास्क लगाएका समूहले लगेका थिए।

घटना लगत्तै डा. जोशीले कैलाली जिल्ला प्रहरी कार्यालयमा जानकारी दिएका थिए। कैलाली प्रहरीका डीएसपी कविन्द्र बोहराले घटना योजनाबद्ध र असामान्य प्रकृतिको रहेको बताएको छन्।

लुटपाटमा संलग्न व्यक्तिहरूको पहिचान अहिलेसम्म खुल्न सकेको छैन भने गाडी पनि फेला परेको छैन।

डा. जोशी हाल डडेल्धुरामा मेडिकल कलेजमा कार्यरत छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.