डडेल्धुरामा सुन चोरी गर्ने दुई चोर राैतहटमा समातिए, जिल्ला ल्याउँदै इन्सपेक्टर कुसुम

dream cafe
learnar

डडेल्धुरा : डडेलधुरामा भएको सुन चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटबाट दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहट चन्द्रपुर ९ बस्ने ४० वर्षीय सुरेन्द्र विश्वकर्मा र  सप्तरी दुहबी नगरपालिका ४ बस्ने ४४ वर्षीय शंकर विश्वकर्मा रहेको छन्।

Ird

उनीहरूलाई रौतहटको चन्द्रपुर नगरपालिका-४ चन्द्रनिगाहपुरमा बाटोमा हिँडिरहेको अवस्थामा बिहीबार साँझ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन्।

HARDIK AGRo NEw

डीएसपी गिरीका अनुसार, ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्स्पेक्टर रमाशंकर प्रसाद यादवको कमान्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जना आरोपीलाई डडेलधुराबाट खटिएका इन्स्पेक्टर कुसुम नायकको जिम्मा लगाइ पठाइएको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताए।

इन्स्पेक्टर नायकका अनुसार डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका-५ स्थित विजय साह सोनारको सुन चाँदी पसलमा गत १४ गते राति ९ बजे २० ग्राम सुन चोरी भएको थियो।

अनुसन्धानमा उक्त घटनामा शंकर विश्वकर्माको संलग्नता देखिएको थियो। घटनाबारे अर्का आरोपी सुरेन्द्र विश्वकर्मा लाई पूर्ण जानकारी रहेको थियो।

तर, उनले प्रहरीलाई असहयोग गरेको कारण दुवैजनालाई पक्राउ गरिएको इन्स्पेक्टर नायकले जानकारी दिए। दुवै जनालाई डडेलधुरामा आवश्यक कार्वाही गरिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.