जनताको सेवा गर्न पाउदा खुसी छु : बिष्ट

Jaladhar

डडेल्धुरा । वि.स. २०७४ सालको स्थानिय तहको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट नवदुर्गा गाउँपालिका डडेल्धुराको अध्यक्षमा विजयी हुनुभएका कबिन्द्र बिष्ट यस पटक भने नेकपा एकिकृत समाजवादीबाट अध्यक्ष पदमा मनोनयन दर्ता गर्नुभएको छ ।

लामो समय सरकारी जागिरबाट विट मार्दै राजनितिमा होमिनु भएका बिष्ट जनप्रतिनिधिमा आएपछि पार्टी र जनताको मन जित्न सफल भएको देखिन्छ । जनताले मत दिएपछि जनताकै सेवामा तत्पर रहेर काम गर्दै जादा जनतासंगको सम्बन्ध अझ प्रगाढ भएको कबिन्द्र बिष्ट बताउनुहुन्छ । जनप्रतिनिधिले जनताको सेवा गर्नु प्रमुख दायित्व रहेको बताउदै बिष्टले भन्नुभयो, जनताको सेव ागर्न पाउदा खुसी छ । म फेरी एक पटक नवदुर्गाका जनताको सेवा गर्ने र पालिकाको विकास गर्ने उद्धेश्य लिएर अध्यक्ष पदमा मनोनयन गरेको छु । बिष्ट भन्नुहुन्छ, पहिलो कार्यकालमा थुपै्रे कामहरु गरिए, केही ठुला र दिर्घकालिन योजनाहरु अगाडी सारिएका छन्, ति कामहरुलाई पुर्णता दिनका लागी पनि एक पटक फेरी अध्यक्ष भएर नवदुर्गा गाउँपालिकालाई समृद्ध पालिका बनाउने मेरो चाहाना छ ।

Ghatal Sta

पहिलो कार्यकालमा वडा नं २ र ५ को खानेपानी समस्या हल गर्न पाउदा खुसी भएको बताउदै बिष्ट भन्नुहुन्छ, पोखरा –बेलापुर सडकलाई कालोपत्रे सडकको काम अगाडी बढाउन सफल भईयो । तत्कालिन जनप्रतिनिधिहरुको सहयोगमा जनतालाई दिने सेवा सुविधाहरु सहज र सुलभ रुपमा प्रदान गरिएको उहाँले बताउनु भयो । जनप्रतिनिधिमा निर्वाचित भएपछी पनि अध्यक्ष बिष्ट गाउँमा बिरामीहरुको चेकजाँच र उपचारको काम बिर्सीनु भएन, नवदुर्गा – ३ का सीता दमाईले भन्नुभयो । स्वास्थ्य शिविर संचालन गरेर आफै पनि सिविरमा बिरामीहरुको उपचारमा खट्नुभयो ।

कर्मचारीको भुमिका बाट राजनितिमा आएका बिष्टको पहिलो कार्यकाल कुशल रहेको स्थानियबासीको भनाई छ । पहिलो कार्यकालमा नवदुर्गा गाउँपालिकाका विद्यालयहरुलाई नमुना विद्यालय बनाउन प्रविधिमैत्री विद्यालयको अवधारणालाई अगाढी सार्दै सुरुमा पालिकाका १० वटा विद्यालय छनौट गरि शैक्षिक गुणस्तर वृद्धिको कार्यक्रम मार्फत प्रविधिमैत्री विद्यालय बनाउने अभियान अगाढी बढाउदै अन्य विद्यालयहरुमा समेत सो कार्यक्रम संचालन गरेको बिष्टले बताउनुभयो ।

जनता सामु लोकप्रिय रहेका कारण बिष्टलाई नै पुनः नवदुर्गा गाउँपालिकाको अध्यक्षमा मनोनयन दर्ता गर्न लगाइएको नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य डा. तारा जोशीले बताउनुभयो ।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.