भागेश्वरका किसानलाई हाते ट्याक्टर मर्मत तालिम

dream cafe
learnar

डडेल्धुरा : भागेश्वर गाउँपालिका डडेल्धुराले किसानहरूलाई १५ दिने हाते ट्याक्टर मर्मत तालिम प्रदान गरेको छ ।

हाते ट्याक्टर मर्मतसम्बन्धी ज्ञान र सिप दिने उद्देश्यले ‘हाते ट्याक्टर मर्मत तालिम’ गरिएको हो ।

तालिमको माध्यमले ग्रामीण क्षेत्रका किसानहरूलाई आफ्नै स्थानमा ट्याक्टरको मर्मत संभार गर्न सजिलो हुने भागेश्वर गाउँपालिका डडेल्धुराका अध्यक्ष हेमराज चटौतले बताए ।

यस्ता तालिमहरु निरन्तरता दिने र गाउँका अन्य युवाहरूलाई पनि यस्ता सिपमा प्रशिक्षित गर्ने योजना रहेको अध्यक्ष चटौतले बताए ।

Gbl Hard

उक्त तालिमले किसानहरूलाई ट्याक्टरको सामान्य मर्मत गर्न सिकाएर उनीहरूको समय र पैसा बचत गर्न मद्दत गर्ने प्रमुख प्रशासकिय अधिकृत जितेन्द्र ओझाले बताए ।

तालिममा सामान्य मर्मत, इन्जिन मर्मत, हाइड्रोलिक प्रणाली र अन्य प्राविधिक ज्ञान समावेश गरिएको छ ।

तालिममा प्रशिक्षकहरूले किसानहरूलाई प्रयोगात्मक र सैद्धान्तिक दुवै ज्ञान प्रदान गरेका छन् ।

तालिमका सहभागीहरुलाई प्रमाणपत्र सहित ट्याक्टर मर्मतका उपकरणहरु समेत उपलब्ध गराइएको छ ।

तालिममा पालिकाका १० जना किसानहरुको सहभागीता रहेको थियो ।

Ddl dental
Leave A Reply

Your email address will not be published.