डडेल्धुरा महोत्सव आजदेखि सुरु, प्रदेश प्रमुख जोशीले गरे उद्घाटन

dream cafe
learnar

डडेल्धुरा : ‘सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं छैठौं डडेल्धुरा महोत्सव–२०८०’ आजदेखि सुरु भएको छ ।

आज (बिहीबार) एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले महोत्सवको उद्घाटन गरेका हुन् ।

Ird

कार्यक्रममा बोल्दै जोशीले महोत्सवले राखेका उदेश्य परिपूर्ति गर्दे महोत्सव सफल बनोस् भन्ने कामना व्यक्त गरेका थिए । आफूलाई निमन्त्रणा गरेकोमा धन्यवाद दिँदै उनले यहाँ आएर जिल्लाको बारेमा बुझ्ने अवसर मिलेको बताएका छन् ।

डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष द्धिजराज भट्टले यहाँका ऐतिहासिक पुरातात्विक सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रर्र्वद्धन तथा यहाँका कला संस्कृतिको जर्गेना गर्न उद्देश्यले महोत्सव आयोजना गरिएको बताएका छन् ।

HARDIK AGRo NEw

उनले महोसवले डडेल्धुराका ऐतिहासिक तथा धार्मीक स्थलको प्रचारप्रसार हुने बताएका छन् ।

११ दिनको महोत्सव भएपनि बजारमा आर्थिक चलायमान ल्याउनका निम्ति यसले भूमिका खेल्ने भन्दै नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले उद्योग बाणिज्य संघ डडेल्धुरालाई धन्यवाद व्यक्त गरे।

जिल्लामा हुने मेला महोत्सवले नै खेलाडी, कलाकार लगाएलले आफ्नो प्रतिभा देखाउन पाउने र बजारमा देखिएको आर्थिक मन्दिमा सुधार आउने उनले बताए।

महोत्सवको पहिलो दिन आज विभिन्न विद्यालयका विद्यार्थीहरूले आफ्नो नृत्य देखाएका थिए।

डडेल्धुरा उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरेको महोत्सव फागुन २४ गतेदेखि चैत ४ गतेसम्म जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–४ टुँडिखेलमा आयोजना हुने भएको बताइएको छ ।

महोत्सवमा टिकट शुल्क एक सय रुपैयाँ तोकिएको छ । विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ भने ७० वर्षमाथिका ज्येष्ठ नागरिक तथा क र ख वर्गका अपाङ्गता भएका नागरिकलाई प्रवेश शुल्क निःशुल्क हुने बताइएको छ ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.