बोहरा मेडिको सेन्टर

अजयमेरुले ल्यायो ४९ करोड ५ लाख बढीको बजेट

dream cafe
learnar

डडेल्धुरा : अजयमेरु गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४९ करोड ५ लाख ७२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

GBL NEW

गाउँसभाको २०औँ अधिवेशन अन्तर्गत तेस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष बसन्ती पालले उक्त बजेट प्रस्तुत गरेकी हुन्।

CNA

प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक तथा पूर्वाधार विकास, रोजगार सिर्जना, सामाजिक सुरक्षा र सुशासनलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ।

उपाध्यक्ष पालले गाउँपालिकाको समग्र विकास, नागरिकलाई प्रभावकारी सेवा प्रवाह तथा स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै आर्थिक तथा सामाजिक क्षेत्रको विकासलाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिएको बताइन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.