गन्यापधुरा गाउँपालिकाले ल्यायो ४८ करोड ३८ लाख बढीको बजेट

dream cafe
learnar

डडेल्धुरा:  गन्यापधुरा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४८ करोड ३८ लाख ८७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

बुधवार सम्पन्न गाउँसभामा उपाध्यक्ष ज्ञानुकुमारी सेटी देउवाले प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, सामाजिक सुरक्षा तथा डिजिटल सुशासनलाई प्राथमिकता दिइएको छ।

Amargadhi Education
अजयमेरु फाैजी केरा

कुल बजेटमध्ये चालुतर्फ २९ करोड ५८ लाख ८६ हजार ९ सय रुपैयाँ र पुँजीगततर्फ १८ करोड ८० लाख १ सय रुपैयाँ विनियोजन गरिएको छ।

गाउँपालिकाले हालसम्म २६५ किलोमिटर सडक निर्माण सम्पन्न गरेको जनाएको छ। ‘एक घर–एक धारा’ अभियानअन्तर्गत ७५ प्रतिशत घरधुरीमा स्वच्छ खानेपानी सेवा विस्तार भइसकेको छ भने १५० रोपनी बाँझो जमिनलाई खेतीयोग्य बनाइएको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ।

गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीले अबको बजेट ग्रामीण पूर्वाधार विस्तारसँगै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने दिशामा केन्द्रित रहेको बताए। उनका अनुसार नागरिकले सहज र छिटो सेवा प्राप्त गर्न डिजिटल सुशासनका कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ।

यसअघि सार्वजनिक गरिएको नीति तथा कार्यक्रमअनुसार गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन र रोजगार सिर्जनालाई विकासको प्रमुख आधार बनाउने लक्ष्य लिएको छ। आगामी वर्षको बजेट पनि त्यही लक्ष्य प्राप्तितर्फ केन्द्रित रहेको गाउँपालिकाले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.