डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण

dream cafe
learnar

डडेल्धुरा : नेपाल औषधि व्यवसायी संघको ५३औँ स्थापना दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ डडेल्धुरा शाखाले डडेल्धुरा अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको छ।

बुधबार आयोजित कार्यक्रममा अस्पतालमा भर्ना भई उपचार गराइरहेका बिरामीलाई फलफूल वितरण गरिएको थियो। सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित उक्त कार्यक्रममार्फत बिरामीलाई शीघ्र स्वास्थ्यलाभको कामना गरिएको संघले जनाएको छ।

Amargadhi Education

अजयमेरु फाैजी केरा

कार्यक्रममा बोल्दै नेपाल औषधि व्यवसायी संघ डडेल्धुरा शाखाका अध्यक्ष इश्वरी जोशीले स्थापना दिवसलाई औपचारिक कार्यक्रममा सीमित नराखी समाजप्रति उत्तरदायी गतिविधिमार्फत मनाउने प्रयास गरिएको बताए।

उनले बिरामीप्रति सहानुभूति र मानवीय सेवाको भावनाले फलफूल वितरण कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा जनहितका कार्यक्रमलाई निरन्तरता दिइने बताए।

अध्यक्ष जोशीले औषधि व्यवसायीहरू स्वास्थ्य सेवाको महत्वपूर्ण साझेदार भएकाले सुरक्षित, गुणस्तरीय र जिम्मेवार औषधि सेवामार्फत नागरिकको स्वास्थ्य संरक्षणमा योगदान पुर्‍याउँदै आएको बताए।

उनले स्थापना दिवसले व्यवसायीहरूलाई पेशागत मर्यादा, सेवा भावना र सामाजिक उत्तरदायित्वप्रति थप प्रतिबद्ध बन्न प्रेरणा दिने विश्वास व्यक्त गरे।

Ddl dental
Leave A Reply

Your email address will not be published.