नवदुर्गाको नीति तथा कार्यक्रम : खेलग्रामदेखि स्मार्ट कक्षासम्म

dream cafe
learnar

डडेल्धुरा : नवदुर्गा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि खेल, प्रविधिमैत्री शिक्षा, युवा स्वरोजगार तथा पूर्वाधार विकासलाई केन्द्रमा राख्दै महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

सोमबार सम्पन्न गाउँसभाको २०औँ वार्षिक अधिवेशनमा गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले एरोडा खेलमैदानलाई जिल्लास्तरीय खेल पूर्वाधारका रूपमा विकास गर्ने घोषणा गरे।

Amargadhi Education

खेलमैदानमा प्याराफिट, घेरबारलगायत आवश्यक संरचना निर्माण गरी ‘खेलग्राम’ अवधारणाअनुसार विकास गरिने नीति लिइएको छ।

गाउँपालिकाले खेल क्षेत्रलाई मात्र नभई शिक्षालाई पनि प्रविधिसँग जोड्ने योजना अघि सारेको छ।

नीति तथा कार्यक्रमअनुसार सबै विद्यालयमा स्मार्ट बोर्ड जडान गरिनेछ भने उच्च गतिको इन्टरनेट सेवा विस्तार गरिनेछ। शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक सम्मेलन, अभिभावक–शिक्षक–विद्यार्थी अन्तरक्रिया तथा शैक्षिक बहस कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

अजयमेरु फाैजी केरा

पूर्वाधार विकासतर्फ रडुवा–बडम–गाउँपालिका सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ।

साथै सकायल–नवदुर्गा–गाउँपालिका, कोराल–गिल्ला–बेलापुर, गाउँपालिका–बेलापुर–सिरोड तथा गाउँपालिका–चमाचौड सडकलाई वर्षभर सञ्चालनयोग्य बनाउने कार्यक्रम समावेश गरिएको छ। कोराल–गिल्ला सडक खण्डको खोलामा पुल निर्माणको काम समेत अगाडि बढाइने भएको छ।

कृषि क्षेत्रलाई उत्पादनमुखी बनाउने लक्ष्यसहित गाउँपालिकाले तरकारी तथा आलु उत्पादनको पकेट क्षेत्र विकास गर्ने नीति लिएको छ।

यस्तै युवालाई लक्षित गर्दै ड्राइभिङ, कपाल कटिङ, च्याउ उत्पादनलगायत सीपमूलक तालिम सञ्चालन गरिने तथा विभिन्न उद्यमशीलता कार्यक्रममा ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराइने उल्लेख गरिएको छ।

खेल, शिक्षा, कृषि, युवा स्वरोजगार र पूर्वाधारलाई एकसाथ जोड्दै नवदुर्गा गाउँपालिकाले आगामी वर्षका लागि विकासको फराकिलो खाका प्रस्तुत गरेको छ।

गाउँपालिकाको दाबी छ, यी कार्यक्रमले स्थानीय स्तरमै अवसर सिर्जना गर्दै समृद्ध नवदुर्गा निर्माणमा टेवा पुर्‍याउनेछन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.