आफ्नै मृत्यु दर्ता प्रमाणपत्र बनाउने सिंह प्रहरीको फन्दामा

dream cafe
learnar

रूपन्देही : प्रहरीले आफ्नै मृत्यु दर्ता प्रमाणपत्र बनाउने ब्यक्तिलाई पक्राउ गरेको छ।

रुपन्देहीको रोहिणी घर भई तीन वर्षदेखि नवलपरासीको बर्दघाट नगरपालिका -१४ गङाबस्ती बस्दै आएका शिवनारायण सिंह पक्राउ परेका हुन्।

Ird
HARDIK AGRo NEw

तान्त्रिक र झारफुक गर्ने शिव नारायण सिंहलाई प्रहरीले सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बर्दघाटको टोलीले सिंहको घर खान तलासी गर्दा सिंहले आफ्नै मृत्यु दर्ताको सरकारी कागज बनाएको भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए।

सिंहको साथबाट रोहिणी गाउँपालिका-४ को कार्यालयको रबर स्ट्याम्व, वडाध्यक्षको छाप र आफ्नै सदगद गरेको पुर्जी र नागरिकता बरामद गरेको छ।

प्रहरीले सरकारी कागजात किर्ते अभियोगमा मुद्दा चलाउने प्रक्रिया अघि बढाइएको जनाएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.