गस्तीमा गएका सशस्त्र जवान मृत फेला, छानबिनले खोज्दैछ ‘के भयो त्यो रात ?’

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको परिगाउँ बीओपीमा कार्यरत सशस्त्र प्रहरी जवान ओमप्रकाश पुन मगर मृत भेटिएपछि सशस्त्र प्रहरीले छानबिन समिति गठन गरेको छ।

नं. ७ बाहिनीका एसपी देवराज जोशीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी विष्णु भट्टले जानकारी दिए।

Arthik

समितिले घटनाबारे छानबिन गरी प्रतिवेदन बुझाउनेछ। पुन मगर गस्तीका क्रममा हराएका थिए।

उनको शव महाकालीमा फेला परेको थियोे।

पोस्टमार्टमपछि मंगलबार कैलालीको गोदावरीमा शव दाहसंस्कार गरिएको छ।

कसरी हराए उनी ?
सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकका अनुसार १४ जेठमा सशस्त्र प्रहरी इन्स्पेक्टर नरेशबहादुर चन्दको कमान्डमा २१ जनाको टोली डडेलधुराको परिगाउँ बीओपीबाट सीमामा पैदल गस्ती गएको थियो।

१५ जेठको रात उक्त टोली हारबोर बीओपीमा बास बसेको थियो।

भोलिपल्ट १६ गते रोलकल बोलाउँदा सशस्त्र जवान ओमप्रकाश पुन मगर भने भेटिएनन्। खोजी गर्दा उनी नभेटिएपछि हराएको भन्दै हल्लीखल्ली भयो।

एउटा बीओपीबाट गस्ती गएर राति अर्को बीओपीमा बस्नु र भोलिपल्ट बिहान रोलकल बोलाउँदा मान्छे बेपत्ता हुनुले घटना शंकास्पद रहेको बताइन्छ।

उनी बीओपीबाट कसरी निस्किए, कहाँ गए भन्नेबारे अहिलेसम्म आधिकारिक रूपमा केही पत्ता लागेको छैन।

खाद्य

सशस्त्र प्रहरीका डडेल्धुराका डीएसपी प्रकाशचन्द्र भट्ट त्यस दिन विवाह एनिभर्सरी (वैवाहिक वर्षगाँठ) भएकाले एनिभर्सरी मनाउन भनेर निस्केको दाबी गर्छन्।

‘बीओपी नजिकै उनको कोठा थियो। एकछिन एनिभर्सरी मनाउन जान्छु भनेर निस्केका हुन्। त्यसपछि बीओपी फर्केनछन्,’ डीएसपी भट्टको दाबी छ।

सशस्त्रका अनुसार अहिले मृत भेटिएका पुन मगरकी श्रीमती पनि सशस्त्र प्रहरी नै हुन्।

उनीहरू दुवै जना ब्याचमेट रहेको र सँगै एउटै बीओपीमा कार्यरत रहेकोसमेत बताइएको छ।

बीओपी नजिकै कोठा, मामा घर पनि नजिकै भएकाले एनिभर्सरी मनाउन भनेर गएको र त्यसपछि बेपत्ता भएको दाबी सशस्त्रको छ।

यद्यपि उनी कसरी बेपत्ता भए भन्ने विषयमा आधिकारिक निष्कर्ष आइसकेको छैन।

महाकालीमा शव
खोजीका क्रममा सोमबार कञ्चनपुर र भारतको उत्तराखण्डस्थित टनकपुर ब्यारेज नजिक महाकाली नदीको पुलमुनि अड्किएको अवस्थामा उनको शव फेला परेको थियो।

सशस्त्रका एसपीको कमान्डमा ५ जना गोताखोरसहित ९ जनाको टोली खोजीका लागि खटिएको थियो ।

यो टोलीले डडेल्धुराको पर्शुराम नगरपालिका-५ कलपट्टेस्थित महाकाली नदीमा रबर बोटमार्फत खोजी गरेको थियो।

आइतबार ९:५० बजे बीओपी परिगाउँबाट असईको कमान्डमा डीएम (डिजास्टर म्यानेजमेन्ट)सहित १० जनाको टोलीले मामा नाता पर्ने तीर्थबहादुरको शव महाकाली नदीमा भेटेको थियो।

डीआईजी भट्टका अनुसार समितिको प्रतिवेदनपछि घटना कसरी भयो र कसको कमजोरी थियो भन्ने विषय खुल्नेछ।

उता, प्रहरीले पनि घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.