बोहरा मेडिको सेन्टर

आफ्नै पार्टीबाट घेरिए मुख्यमन्त्री शाह, अविश्वास प्रस्ताव दर्ता

dream cafe
learnar

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहविरुद्ध दलभित्रै अविश्वासको प्रस्ताव दर्ता भएको छ।

कांग्रेसका बहुमत प्रदेशसभा सदस्यहरूले संसदीय दलमा शाहविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन्।

CNA
GBL NEW

प्रदेशसभामा कांग्रेसका १८ सांसद रहे पनि सांसद प्रकाश देउवा लामो समयदेखि अमेरिकामा रहेका कारण नेपालमा रहेका १७ सांसदमध्ये ९ जनाले प्रस्तावमा हस्ताक्षर गरेको स्रोतले जनाएको छ।

पछिल्लो समय कांग्रेसभित्रै मुख्यमन्त्री शाहको कार्यशैलीप्रति असन्तुष्टि बढ्दै गएको थियो। केही सांसदहरूले सार्वजनिक रूपमा नै उनको राजीनामाको माग गर्दै आएका थिए।

मुख्यमन्त्री शाहले आफूलाई संसदीय दलको बहुमत समर्थन नरहे पदमा नबस्ने संकेत गरेपछि असन्तुष्ट पक्षले हस्ताक्षर संकलन अभियान अघि बढाएको थियो।

सोही अभियानअन्तर्गत आवश्यक बहुमत जुटाएर अविश्वासको प्रस्ताव दर्ता गरिएको बताइएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.