बोहरा मेडिको सेन्टर

अचारको सीपले महिलामा आत्मनिर्भरताको सपना, डडेल्धुरामा २२ महिलालाई व्यवसायिक तालिम

dream cafe
learnar

डडेल्धुरा : महिलालाई आत्मनिर्भर र उद्यमशील बनाउने उद्देश्यसहित सञ्चालन गरिएको पाँच दिने ‘अचार उत्पादन व्यवसाय तथा बजारीकरण’ तालिम सम्पन्न भएको छ।

महिला उद्यमी संघ नेपाल डडेल्धुराको आयोजना तथा सामाजिक विकास कार्यालय डडेल्धुराको आर्थिक सहयोगमा वैशाख ३० गतेदेखि जेठ ३ गतेसम्म तालिम सञ्चालन गरिएको हो।

CNA

२२ जना महिलाको सहभागिता रहेको तालिममा अचार उत्पादनका आधुनिक प्रविधि, गुणस्तर कायम गर्ने तरिका, प्याकेजिङ, बजारीकरण तथा व्यवसाय सञ्चालनसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ।

महिला उद्यमी संघ डडेल्धुराकी अध्यक्ष सीता खड्काले तालिमले महिलामा नयाँ उत्साह र आत्मविश्वास थपिएको बताइन्।

उनले सिकेको सीपलाई व्यवहारमा उतारेर महिलाहरूले आफ्नै व्यवसाय सुरु गर्नुपर्नेमा जोड दिइन्।

घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराका जोगराज ऐरले उत्पादनसँगै बजार व्यवस्थापन ठूलो चुनौती रहेको बताए।

GBL NEW

उनले व्यवसायमा सफल हुन गुणस्तरमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै मेहनत गरे व्यवसायबाट आम्दानीसँगै समाजमा मानसम्मान पनि प्राप्त हुने बताए।

‘सफल व्यवसायी बन्न निरन्तर मेहनत आवश्यक हुन्छ,’ उनले भने।

उद्यमी महिला संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष मीना फुलाराले २०७३ सालमा महिला उद्यमी संघ गठन गरिएको स्मरण गराउँदै सामाजिक विकास कार्यालयसँगको सहकार्यमा पहिलोपटक यस्तो कार्यक्रम सञ्चालन गरिएको बताइन्।

उनले महिलालाई सीपसँगै व्यवसायिक आत्मविश्वास दिन तालिम प्रभावकारी भएको उल्लेख गरिन्।

सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख मीनबहादुर लामिछानेले आगामी दिनमा पनि महिलाकेन्द्रित सीपमूलक कार्यक्रमलाई निरन्तरता दिइने बताए।

उनले नयाँ अनुहारलाई प्राथमिकता दिएर सहभागी गराइएको उल्लेख गर्दै सीप सिकेपछि त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

‘सीपलाई आयआर्जनसँग जोड्न सके महिलाहरू आत्मनिर्भर बन्न सक्छन्,’ उनले भने, ‘यस्ता कार्यक्रम विस्तार गर्न बजेट थपका लागि पनि पहल गर्नेछौँ।’

तालिममा सहभागी पद्मा पालले महिलाहरू घरधन्दामा मात्र सीमित नभई व्यवसायिक क्षेत्रमा अघि बढ्नुपर्ने बताइन्।

उनले तालिमबाट सिकेको ज्ञान गाउँघरका अन्य महिलासम्म पनि पुर्‍याउने प्रतिबद्धता जनाइन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.