बोहरा मेडिको सेन्टर

प्रहरीका ४६ एसपी यताउता, को कता?

dream cafe
learnar

डडेल्धुरा : नेपाल प्रहरीका ४६ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरिएको छ।

आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको सरुवा तथा काज गरेका हुन्।

CNA

सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन्।

GBL NEW

गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ।

फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ। गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा मनोहरप्रसाद भट्ट र स्याङ्जामा रंजितसिंह राठौरलाई पठाइएको छ।

काभ्रेपलाञ्चोकमा रबिन कार्की, सिन्धुलीमा रबिन्द्रबहादुर सिंह र सर्लाहीमा रबिन्द्रनाथ पौडेललाई सरुवा गरिएको छ। पश्चिम नवलपरासीमा राम बहादुर केसीलाई सरुवा गरिएको छ।

महोत्तरीको प्रमुखमा श्यामकुमार सारुमगर र डोटीमा सागर बोहरालाई पठाइएको छ। चितवनमा रामेश्वर पौडेललाई पठाइएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.