बोहरा मेडिको सेन्टर

बैतडीमा हेडसरलाई लगाइयो मोसो र जुत्ताको माला, चार जना पक्राउ

dream cafe
learnar

बैतडी : बैतडीमा प्रधानाध्यापकमाथि कालोमोसो दल्दै जुत्ताको माला लगाएको आरोपमा चार जना पक्राउ परेका छन्।

शिवनाथ गाउँपालिका–४ स्थित पिपलकोट माध्यमिक विद्यालय, लोजनीका प्रधानाध्यापक दामोदर ओझामाथि बिहीबार कालोमोसो दल्दै जुत्ताको माला लगाइएको थियो।

CNA

ओझाले एक महिलामाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै उक्त घटना गराइएको बताइएको छ।

घटनाको भिडियो तथा तस्बिर सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिन थालेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूका अनुसार घटनामा संलग्न रहेको आरोपमा शुक्रबार चार जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा ३८ वर्षीया तारा महता, उनका श्रीमान् प्रेम महता, मोहन महता र शकुन्तला महता रहेका छन्।

उनीहरूलाई इलाका प्रहरी कार्यालय मेलौलीबाट खटिएको टोलीले घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ।

GBL NEW

हाल चारै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

प्रहरीका अनुसार घटनामा संलग्नमाथि कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ।

घटनाका क्रममा प्रधानाध्यापक ओझाको घाँटीमा ‘म अपराधी हुँ’ लेखिएको पम्प्लेट समेत झुन्ड्याइएको थियो।

घटना वैशाख १२ गते भएको भनिएको दुर्व्यवहारसँग सम्बन्धित रहेको बताइएको छ।

महिलाका आफन्तले विद्यालयमै दुर्व्यवहार भएको आरोप लगाउँदै आक्रोशमा कालोमोसो दलेको दाबी गरेका छन्।

यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत साउँदले भने घटना शिक्षक भर्ना प्रक्रियासँग जोडिएको बताएका छन्।

उनका अनुसार विद्यालयमा प्राथमिक तहको एक शिक्षक पदका लागि १७ जनाले आवेदन दिएका थिए भने १४ जना परीक्षामा सहभागी भएका थिए। आरोप लगाउने महिला पनि परीक्षामा सहभागी भए पनि अनुत्तीर्ण भएकी थिइन्।

अध्यक्ष साउँदले परीक्षा निष्पक्ष रूपमा सञ्चालन गरिएको दाबी गर्दै शिक्षक भर्नाकै विषयलाई लिएर प्रधानाध्यापकमाथि दुर्व्यवहार गरिएको बताएका छन्।

प्रहरीले घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.