बोहरा मेडिको सेन्टर

डडेल्धुरामा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

dream cafe
learnar

डडेल्धुरा : अमरगढी नगरपालिका–६ दुमडास्थित गणेशमान स्मृति प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

CNA

आइतबार काठमाडौंस्थित शारदा सुदर्शन देवकोटा फाउन्डेसनको आयोजनामा ‘छैटौं शारदा स्मृति विद्यार्थी प्रोत्साहन कार्यक्रम’ अन्तर्गत विद्यालयका ४० जना विद्यार्थीलाई पोशाक (सुट), झोला, कापी र पेन्सिल प्रदान गरिएको हो।

GBL NEW

फाउन्डेसनकी अध्यक्ष सुधा देवकोटाले आर्थिक रूपमा विपन्न तथा आवश्यकता भएका विद्यार्थीलाई लक्षित गरी सहयोग गरिएको बताइन्।

उनले यस्ता कार्यक्रमले विद्यार्थीमा पढाइप्रति रुचि बढाउनुका साथै उनीहरूको मनोबल उच्च बनाउने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा फाउन्डेसनका निर्देशक तेजकुमार बास्तोलाले सानो सहयोगले पनि ग्रामीण क्षेत्रका विद्यार्थीको शैक्षिक पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरे।

सुधा डडेल्धुरा अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट (मेसु) हुन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.