ट्रोलको सिकार भएपछि शर्मिलाले लिइन् कँडेलविरुद्धको मुद्दा फिर्ता

dream cafe
learnar

काठमाडौं : दोहोरी कलाकार शर्मिला श्रेष्ठले इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरुद्ध दिएको मुद्दा फिर्ता लिएकी छन्।

कँडेलले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै उनले गत १४ फागुनमा कँडेल विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी थिइन्।

Ird

निकट स्रोतका अनुसार सामाजिक सञ्जालमा भएको चर्को ट्रोलले उनी निकै हतोत्साही बनेकी थिइन्। ट्रोल सहन नसकेर नै उनले मुद्दा फिर्ताको एकल निर्णय लिएको स्रोतको दाबी छ।

HARDIK AGRo NEw

कँडेलले आफूलाई गलत नियतका म्यासेजहरू गरेको तथा कोठामा जान खोजेको आरोप शर्मिलाले लगाएकी थिइन्।

एउटा पत्रकार सम्मेलनमा उनी धरधरी रुँदै कँडेलले गरेका म्यासेजहरू पढेर सुनाएकी थिइन्।

त्यस क्रममा ‘कुरा गरौँ न म रुम मिलाउँछु नि’ भनेर कँडेलले पठाएको म्यासेज वाचन गर्दै उनले प्रश्न गरेकी थिइन्, ‘कुरा गर्न पनि रुम मिलाउनु पर्छ त ?’ उनको यो संवादलाई मनोरञ्जनका रूपमा लिँदै हजारौँले टिकटक र रिलमा भिडियोहरू बनाएका छन्।

शर्मिलाले मुद्दा फिर्ता लिएको थाहा पाएपछि कँडेलले पनि मानहानिको मुद्दा फिर्ता लिएका छन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.