सातदिने बेमौसमी तरकारी उत्पादन तालिम सुरु

dream cafe
learnar
अजयमेरु फाैजी केरा

डडेल्धुरा : नेपाली सेनाको कल्याणकारी बोर्ड हिताधिकारी कल्याण केन्द्र सुदुरपश्चिम प्रदेश कार्यालय बोराडाँडी कैलालीद्वारा डडेल्धुरा जिल्लामा भुतपुर्व शैनिक तथा वहालवाला शैनिकका परिवारजनका लागि सञ्चालित सातदिने प्रारङ्गिक बेमौसमी तरकारी खेती तालिम आईतबारदेखि डडेल्धुरा सदरमुकाममा सुरु भएको छ ।

अमरगढी नगरपालिकाको सभाकक्षमा सञ्चालित तालिमको समुद्घाटनगर्दै अर्जुन वाण गण दह ब्यारेक डडेल्धुराका सेनानी सवन स्यान्ताङले स्वरोजगारी प्रवद्र्धनका लागि सात दिने तालिम प्रभावकारी हुने विश्वास ब्यक्त गरे ।

उनले नेपाली सेनाले कल्याणकारी बोर्ड हिताधिकारी कल्याण केन्द्रमार्फत नियमित रुपमा यस किसिमका कार्यक्रमहरु सञ्चालन गरिने बताए ।

कार्यक्रममा भुतपुर्व सैनिक संघ डडेल्धुराका अध्यक्ष तथा कार्यक्रमका फोकल पर्सन नरेन्द्रसिंह बोहराले भूतपुर्व शैनिक र वहालवाला शैनिकका परिवारजनलाई लक्षित गरेर सञ्चालन गरिने तालिमबाट सहभागीहरुले आयमुलक काम गर्नसक्ने क्षमताको विकास हुने जिकिर गरे ।

प्रमुख प्रशिक्षक मिना जोशीले सहभागीहरुले सात दिनसम्म सिकेका सिपहरुलाई व्यवहारमा उतारेर मुलुकलाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउन टेवा पुग्ने विश्वास ब्यक्त गरिन्।

बैशाख १२ गतेसम्म सञ्चालन हुने तालिममा कल्याणकारी बोर्ड हिताधिकारी कल्याण केन्द्रका तालिम प्रतिनिधि एमपी भट्टसमेत प्रशिक्षक छन ।

तालिममा २५ जना सहभागी रहेको भुतपुर्व सैनिक संघ डडेल्धुराले जनाएको छ ।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.