बैतडीमा ‘वर्ल्डलिंक बिट द स्पिड सिजन–३’ वैशाख २२ गते आयोजना हुने

dream cafe
learnar

डडेल्धुरा : नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्नो चर्चित क्रिकेट प्रतिभा खोज अभियान ‘बिट द स्पिड’ सिजन-३ औपचारिक रूपमा सुरु गरेको छ।

तीव्र गतिका बलरहरू पहिचान गर्ने उद्देश्यले सुरु गरिएको यो अभियान बैशाख ४ गतेदेखि जनकपुरबाट सुरु भएको हो।

Ird
HARDIK AGRo NEw

यसैबीच, बैतडीको पाटनमा वैशाख २२ गते ‘वर्ल्डलिंक बिट द स्पिड सिजन–३’ आयोजना हुने भएको छ।

बैतडी, दार्चुला, डडेल्धुरा र बझाङका क्रिकेटप्रेमीहरूलाई लक्षित गर्दै प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

सन् २०२४ मा सुरु गरिएको यो अभियान वर्ल्डलिंकले ग्रामीण तथा सहरी क्षेत्रका प्रतिभाशाली तीव्र गतिका बलर खोजी र प्रोत्साहन गर्न प्रारम्भ गरेको थियो।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.