डडेल्धुराका सात वटै स्थानिय तहमा उमेदवारी दर्ता

काग्रेसबाट बिद्रोही र स्वतन्त्र उमेदवारी दर्ता

dream cafe
learnar

हिक्मत सिंह
डडेल्धुरा । आसन्न स्थानीय तहको निर्वाचनका लागी डडेल्धुरा जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा जनप्रतिनिधिका लागी उमेदवारी दर्ता गरिएको छ । अमरगढी नगरपालिका डडेल्धुराको नगर प्रमुखका लागि कांग्रेसबाट डिल्लीराज जोशीले र उपप्रमुखमा पार्वती झुकालले उम्मेदवारी दर्ता गर्नुभएको छ । नेकपा एमाले र नेपाली कांग्रेस बिपी गठबन्धनबाट प्रमुखमा कांग्रेस बिपीका हरिप्रसाद भट्ट र उपप्रमुखमा एमालेका यज्ञराज अवस्थीको उमेदवारी परेको मुख्य निर्वाचन अधिकृत हरि प्रसाद शर्मा पंगेनीले बताउनुभयो ।

यसैगरी नेकपा माओवादी केन्द्रबाट प्रमुखमा लक्ष्मण सिंह र उपप्रमुखमा शसी अवस्थी, नेकपा (एकीकृत समाजवादी) बाट प्रमुखमा संगिता भण्डारी र उपप्रमुखमा भुवन पाठक, राप्रपाबाट गोविन्द खडायत प्रमुखमा र उपप्रमुखमा कविता जोशीले मनोनयन दर्ता गराउनु भएको छ ।
डडेल्धुराको परशुराम नगरपालिकाको नगरप्रमुख पदका लागि नेपाली कांग्रेसबाट भरत जोशी, उपप्रमुखमा कलावती बोहरा, नेकपा माओवादी केन्द्रबाट प्रमुखमा शेरसिंह माल ‘डायमण्ड’ र उपप्रमुखमा बिमला महता, नेकपा एमालेबाट प्रमुख केशव बोहरा र उपप्रमुख गौमती पन्तले मनोनयन दर्ता गराउनु भएको छ ।

GBL NEW

यसैगरी अजयमेरु गाउँपालिकामा नेपाली काग्रेसबाट अध्यक्षमा टेकराज पाण्डेय, उपाध्यक्ष बसन्ती पाल, नेकपा एमालेबाट अध्यक्षमा पदम पाल, उपाध्यक्षमा नेपाली काग्रेस विपिबाट रामचन्द्र ऐर, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा उमेश भट्ट, उपाध्यक्ष कलावती भाड, नवदुर्गा गाउँपालिकामा नेपाली काग्रेसबाट अध्यक्ष लक्ष्मी अवस्थी, उपाध्यक्ष निर्मला बिष्ट, नेपाली काग्रेस विपिबाट अध्यक्ष गोकुल शाही, उपाध्यक्षमा नेकपा एमालेबाट बीर बहादुर बिष्ट, नेकपा एकिकृत समाजवादीबाट अध्यक्ष कबिन्द्र बहादुर बिष्ट, उपाध्यक्ष चन्द्रा रुपाली, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष धर्म बिक, विस्ना बोहरा, आलिताल गाउँपालिकामा नेपाली काग्रेसबाट अध्यक्षमा बल बहादुर गुरुङ, उपाध्यक्ष जला बोगटी, नेकपा एमालेबाट अध्यक्ष मिन बोगटी, उपाध्यक्ष शान्ति भट्ट जोशी, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा शेर पार्की, उपाध्यक्ष मन्जु रावल, नेकपा एकिकृत समाजवादीबाट अध्यक्षमा तुलाराम बोहरा उपाध्यक्ष लक्ष्मी धामी, स्वतन्त्रबाट टेक खड्काले मनोनयन दर्ता गर्नुभएको छ ।


गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा ईन्द्र कार्की, उपाध्यक्ष ज्ञानु सेटी, नेकपा एकिकृत समाजवादी अध्यक्षमा नर बहादुर बिष्ट, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट चन्द्र बहादुर मल्ल, नेपाली काग्रेस विपिबाट अध्यक्षमा सुरेन्द्र माली, नेकपा एमालेबाट उपाध्यक्षमा ईन्द्र महराले मनोनय दर्ता गराउनु भएको छ ।

यसैगरी भागेश्वर गाउँपालिकामा नेपाली काग्रेसबाट अध्यक्षमा हेमराज चटौत, उपाध्यक्ष पुष्पा ठकुराठी, नेकपा एमालेबाट राम बहादुर शाही, उपाध्यक्ष नेपाली काग्रेस विपिबाट नर बहादुर ठकुराठी, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा विष्णु पाण्डेय, उपाध्यक्षमा गीता भट्ट र स्वतन्त्रबाट विष्णु बहादुर ठकुराठीले मनोनयन दर्ता गर्नुभएको छ ।

Ddl dental
Leave A Reply

Your email address will not be published.