डडेल्धुरामा घरमै पुग्यो राहदानी

dream cafe
learnar

डडेल्धुरा: जिल्ला प्रशासन कार्यालय डडेल्धुराले हुलाक सेवामार्फत सेवाग्राहीको घरमै राहदानी (पासपोर्ट) पुर्‍याउने सेवा सुरु गरेको छ।

यससँगै जिल्लाका नागरिकले राहदानी लिन कार्यालयसम्म धाउनुपर्ने झन्झटबाट राहत पाउने भएका छन्।

GBL NEW

नयाँ व्यवस्थाअनुसार परशुराम नगरपालिका–६ करालीका निर्मला बोहरा, विक्रम बोहरा, उमेश धामी र अमरबहादुर धामीको राहदानी घरमै पुर्‍याइएको छ।

यसअघि राहदानी लिन सेवाग्राही स्वयं जिल्ला प्रशासन कार्यालय पुग्नुपर्ने बाध्यता थियो।

दुर्गम क्षेत्रका नागरिकले राहदानी लिनका करिब दुई दिनसम्म यात्रा गर्नुपर्ने र ५ हजारदेखि ७ हजार रुपैयाँसम्म खर्च व्यहोर्नुपर्ने अवस्था रहेको थियो।

नेपाल सरकारले भर्खरै अघि सारेको शासकीय सुधारका १०० बुँदे सूचीमध्ये २७ नम्बर बुँदामा ‘घरमै राहदानी उपलब्ध गराउने’ घोषणा गरिएको थियो।

सोही नीतिलाई कार्यान्वयन गर्दै डडेल्धुरामा यो सेवाको सुरुआत गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले जानकारी दिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.