ठेकेदारको लापरबाहीविरुद्ध कटाल बजारका व्यवसायी सडकमा, जोगबुढा–परशुराम सडक बन्द

dream cafe
learnar

डडेल्धुरा: परशुराम नगरपालिका–४ स्थित कटाल बजारका व्यवसायीहरूले जोगबुढा–परशुराम सडक आज बिहानैदेखि पूर्ण रूपमा बन्द गरेका छन्।

लामो समयदेखि निर्माण कार्य अलपत्र छाडिएको भन्दै उनीहरू आन्दोलित बनेका हुन्।

GBL NEW

परशुराम बजार व्यवस्थापन समितिका अध्यक्ष खेमसिंह मालका अनुसार जोगबुढादेखि परशुरामधामसम्मको सडक निर्माणको जिम्मा लिएको नागार्जुन कन्स्ट्रक्सनले निर्धारित समयसीमा नाघिसक्दा पनि काम अघि नबढाउँदा बाध्य भएर सडक बन्द गर्नुपरेको हो।

यसअघि व्यवसायीहरूले आन्दोलनको चेतावनी दिएका थिए। त्यसपछि परशुराम नगरपालिकाले निर्माण कम्पनीलाई तीन दिनभित्र काम सुरु गर्न अल्टिमेटमसहित पत्राचार गरेको थियो।

तर, उक्त समयसीमा बितिसक्दा पनि कुनै सुनुवाइ नभएपछि सडक बन्द गरेर दबाब दिनु परेको व्यवसायीहरूको भनाइ छ।

सडक बन्दका कारण स्थानीय आवागमन प्रभावित भएको छ भने यात्रुहरू समस्यामा परेका छन्।

व्यवसायीहरूले निर्माण कार्य तत्काल सुरु नगरेसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.