बोहरा मेडिको सेन्टर

डडेल्धुरामा नेपाली सेनाको ‘अग्नि नियन्त्रण–२’ अभ्यास [ तस्वीरमा ]

dream cafe
learnar

डडेल्धुरा : सुख्खायामको समयमा हुन सक्ने सम्भावित आगलागी विपद्लाई लक्षित गर्दै डडेल्धुरामा आगलागी नियन्त्रण सम्बन्धी अभ्यास सम्पन्न गरिएको छ।

अर्जुनबाण गणले आज अमरगढी नगरपालिका–५ स्थित डिभिजन वन कार्यालय परिसर र बागबजार बसपार्क क्षेत्रमा ‘अग्नि नियन्त्रण–२’ नामक अभ्यास सञ्चालन गरेको हो।

CNA

अभ्यासमा जिल्लास्थित विभिन्न सुरक्षा निकाय तथा सरोकारवाला संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो। वन क्षेत्र र शहरी बस्तीमा आगलागी भएको काल्पनिक घटनाको परिकल्पना गर्दै आगो नियन्त्रण, खोज तथा उद्धार कार्यसम्बन्धी डेमो प्रदर्शन गरिएको थियो।

कार्यक्रमका क्रममा स्थानीय नागरिकलाई आगो निभाउने उपकरण (फायर एक्सटिङ्गुइशर) प्रयोग गर्ने तरिका, ग्यास सिलिण्डरमा आगो लाग्दा नियन्त्रण गर्ने विधि लगायतका विषयमा व्यावहारिक जानकारी दिइएको थियो।

उक्त अभ्यासमा  अर्जुनबाण गणका तालिमप्राप्त सैनिक, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी, एम्बुलेन्ससहित जिल्ला अस्पतालका कर्मचारी तथा दमकलसहित अमरगढी नगरपालिकाका नगरप्रहरीहरूको संयुक्त सहभागिता रहेको थियो।

GBL NEW

अभ्यासका क्रममा गणपति प्रमुख सेनानी प्रल्हाद थापाले ग्यास चुहावट, सर्ट सर्किट तथा मानवीय लापरवाहीका कारण हुने आगलागीबाट ठूलो जनधनको क्षति हुन सक्ने भएकाले यस्ता अभ्यास अत्यन्त आवश्यक रहेको बताए।

उनले यस्ता कार्यक्रमले स्थानीय तह र सुरक्षा निकायबीच समन्वय बढाई भविष्यमा हुने सम्भावित क्षति न्यूनिकरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

अर्जुनबाण गणले जिल्लामा तैनाथ भएपछि यस्ता अभ्यासहरू नियमित रूपमा सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.