बोहरा मेडिको सेन्टर

डडेल्धुरामा अतिक्रमित जग्गा तत्काल खाली गर्न सीडीओको उर्दी, होला त कार्यान्वयन ?

dream cafe
learnar

डडेल्धुरा : सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन  जिल्ला प्रशासन कार्यालय डडेल्धुराले चेतावनी दिएको छ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले सार्वजनिक सूचना जारी गर्दै जिल्लाभित्र रहेका सरकारी/सार्वजनिक जग्गा अतिक्रमण नगर्न चेतावनी दिएको हुुन्।

CNA

अतिक्रमण भइसकेको अवस्थामा तत्काल खाली गरी संरक्षणमा सहयोग गर्न सबै सरोकारवालालाई उनको आग्रह छ।

GBL NEW

सीडीओ प्रशासनले अटेर गरी अतिक्रमण गर्ने वा अतिक्रमित जग्गा खाली नगर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेको छ।

साथै, कतै अतिक्रमण भएको जानकारी भए प्रशासनमा खबर गर्न समेत अनुरोध गरिएको छ।

यद्यपि, विगतमा पनि यस्ता सूचना पटक–पटक जारी भएपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै यसपटक भने कडाइका साथ कार्यान्वयन हुनेमा स्थानीयले चासो व्यक्त गरेका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.