डडेल्धुरामा सीसी क्यामरा बिना सवारी चलाउन नपाइने, चालक–सहचालकलाई पोशाक अनिवार्य

dream cafe
learnar

डडेल्धुरा : सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा नियन्त्रण गर्ने उद्देश्यले डडेल्धुरामा कडाइका साथ नयाँ व्यवस्था लागू गरिने भएको छ।

आज जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाको संयोजकत्वमा बसेको सरोकारवालाहरूको बैठकले यस्तो महत्वपूर्ण निर्णय गरेको हो।

Ird

नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची अन्तर्गतको बुँदा नम्बर ९८ अनुसार सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा रोकथामबारे विस्तृत छलफल गरिएको थियो। सोही निर्णयलाई कार्यान्वयनमा ल्याउँदै जिल्लामा ठोस कदम चालिएको हो।

बैठकले २०८३ वैशाख ५ गतेभित्र जिल्लामा सञ्चालनमा रहेका सबै सार्वजनिक सवारी साधनमा कम्तीमा तीनवटा सीसी क्यामरा जडान अनिवार्य गर्ने निर्णय गरेको छ।

HARDIK AGRo NEw

सीसी क्यामरा जडान नगरेका सवारी साधनलाई सञ्चालन अनुमति नदिइने स्पष्ट गरिएको छ।

यस्तै, यात्रुहरूलाई सहज जानकारी दिन सबै सवारी साधनमा भाडादर स्पष्ट देखिने गरी टाँस्नुपर्ने व्यवस्था गरिएको छ। चालक र सहचालकले अनिवार्य रूपमा तोकिएको पोशाक र परिचयपत्र लगाउनुपर्ने नियम पनि कडाइका साथ लागू गरिनेछ।

यी निर्णयहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न ट्राफिक प्रहरीलाई जिम्मेवारी दिइएको छ। ट्राफिक प्रहरीले नियमित अनुगमन गरी जिल्ला प्रशासन कार्यालयमा प्रगति प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.