सम्पत्ति विवादमा चिसियो आरजु- प्रकाश सम्बन्ध, किन गए देउवा अमेरिका ?

dream cafe
learnar

डडेल्धुरा : पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा तथा कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिका पुगेको खुलासा भएको छ।

गत भदौको ‘जेन–जी’ आन्दोलनयता उनी प्रदेश सभा र संसदीय दलको सम्पर्कबाहिर थिए।

Ird

मंगलबार मात्र उनले सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएर अमेरिका रहेको जानकारी दिएका छन्।

निकट नेताहरूका अनुसार उनका देउवा दम्पतीसँग सम्बन्ध बिग्रिएको मुख्य कारण दुई हो।

पहिलो, देउवा दम्पतीले उनलाई मुख्यमन्त्री बनाउन पर्याप्त साथ नदिएको। दोस्रो, सम्पत्ति विवाद।

आरजु देउवाले केही सम्पत्ति प्रकाशकी श्रीमतीको नाममा राखेकी थिइन्। प्रकाशले फिर्ता गर्न नमानेपछि सम्बन्ध चिसिएको थियो।

HARDIK AGRo NEw

‘सम्पत्ति फिर्ता नभएपछि र मुख्यमन्त्री बन्ने सहयोग नपाउँदा उहाँ रुष्ट देखिनुहुन्थ्यो,’ नेताहरू भन्छन्।

जेन–जी आन्दोलनको दुई दिनपछि काठमाडौंबाट नेपालगन्ज हुँदै दिल्ली र त्यहाँबाट अमेरिका पुगेका प्रकाशकी श्रीमती र दुई सन्तान एक वर्षदेखि अमेरिकामा छन्।

०७९ को निर्वाचनमा कैलाली ५ (२) बाट निर्वाचित उनले देउवा दम्पतीकै आडमा करिब १४ महिना सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री बनेका थिए। तर, सत्ता समीकरण फेरिएपछि मन्त्रीबाट बाहिरिए।

प्रदेश सभाले लगातार सात बैठकमा अनुपस्थित रहेको भन्दै दुई महिनादेखि उनको तलब रोकिसकेको छ।

नियमावलीअनुसार १० बैठकसम्म अनुपस्थित भए पद गुम्न सक्छ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामीका अनुसार सभामुखलाई पठाएको पत्रको बोधार्थ दललाई पनि जानकारी पुगेको छ।

स्वास्थ्य अवस्था सुधार भएपछि मात्र प्रदेश सभा बैठकमा सहभागी हुने जानकारी पत्रमा दिइएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.