डडेल्धुराका सरकारी कार्यालयमा सतर्कता टोलीको आकस्मिक अनुगमन

dream cafe
learnar

डडेल्धुरा : राष्ट्रिय सतर्कता केन्द्र, सिंहदरबारको टोलीले डडेल्धुराका विभिन्न सरकारी कार्यालयमा अनुगमनलाई तीव्रता दिएको छ।

टोलीमा प्रहरी उपरीक्षक माधब केसी, प्रहरी नायव उपरीक्षक शिव कुमार पौड्याल र सब–इन्जिनियर अशोकानन्द यादब सहभागी छन्।

Ird
HARDIK AGRo NEw

टोलीले कार्यालयहरूमा समयपालना भए/नभएको, कार्यालय प्रमुखको उपस्थिती, कर्मचारीहरूको पोशाक प्रयोग, सेवा प्रवाहको अवस्था, भुक्तानी प्रक्रिया तथा सेवाग्राहीप्रति देखाइने व्यवहारको सूक्ष्म अध्ययन गरिरहेको जनाएको छ।

विशेष गरी सरकारले दुई दिनअघि मात्रै कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने तथा शनिबार र आइतबार बिदा दिने नयाँ निर्णय लागू गरेपछि त्यसको कार्यान्वयन अवस्था बुझ्न अनुगमनलाई प्राथमिकता दिइएको हो।

अनुगमनका क्रममा केही कार्यालयमा सुधारको संकेत देखिए पनि कतिपय ठाउँमा अझै समयपालना र सेवा प्रवाहमा कमजोरी देखिएको स्रोतले जनाएको छ। टोलीले आवश्यक सुझावसहित प्रतिवेदन तयार पार्ने तयारी गरेको छ।

नयाँ कार्यसमय लागू भएसँगै सरकारी सेवा प्रभावकारी बनाउने सरकारको प्रयासलाई यो अनुगमनले थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.