डडेल्धुरा घर भएका व्यवसायी दीपक भट्ट पक्राउ

dream cafe
learnar

डडेल्धुरा :  डडेल्धुरा घर भएका व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् ।

उनलाई प्रहरीले पाटनबाट नियन्त्रणमा लिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

Ird
HARDIK AGRo NEw

यसअघि, अध्यागमन विभागले उनलाई कालोसूचीमा राखेको थियो । भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको छ ।

भट्टको राहदानी कालोसूचीमा राख्न सोमबार सम्पत्ति शुद्धीकरणले अध्यागमनलाई पत्र पठाएको थियो ।

सो पत्रका आधारमा भट्टको राहदानी कालोसूचीमा राखिएको थियो । भट्टमाथि विभिन्न ठुला ठेक्का र खरिदमा चलखेल गर्ने गरेको आरोप छ ।

उनी राजनीतिक पहुँचको आडमा राज्यका विभिन्न निकायमा नियुक्ति तथा ठेक्काको सेटिङ मिलाउँदै स्वार्थअनुरुपका काम गर्ने र गराउने गरेको पनि आरोप लाग्दै आएको छ ।

 

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.