त्रिकोणात्मक टी- २० सिरिज : फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्दै

dream cafe
learnar

काठमाडौं : नेपालमा जारी त्रिकोणात्मक टी- २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गतको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै छन्।

आज बिहान साढे ११ बजे टीयू क्रिकेट मैदानमा फाइनल खेल हुन लागेको हो। नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच समूह चरणमा चार/चार खेल भएका थिए।

Ird

त्यसमध्ये नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग एक/एक खेल हारेको थियो भने एक/एक खेलमा जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो।

नेदरल्यान्ड्सले पनि एक खेलमा नेपाललाई पराजित गरेको थियो भने एक खेलमा पराजित भएको थियो। त्यस्तै नामिबियालाई नेदरल्यान्डसले एक खेलमा पराजित भएको थियो।

HARDIK AGRo NEw

तर, नेदरल्यान्ड्स र नामिबियाबीचको दोस्रो खेल वर्षाका कारण रोकिएपछि खेल स्थगित भएको थियो। उता नामिबियाले पहिलो खेलमा नेपाललाई पराजित गरे पनि अर्को खेलमा नेपालसँग पराजित हुन पुग्यो।

त्यस्तै नेदरल्यान्ड्ससँग पहिलो खेलमा पराजित भएको नामिबियाको नेदरल्यन्ड्ससँगको दोस्रो खेल वर्षाका कारण रोकिएपछि उपाधि होडबाट बाहिरिएको हो।

जसअनुसार चार खेलबाट पाँच अंकका साथ नेदरल्यान्ड्स फाइनलमा पुगेको हो भने समान खेलबाट ४ अंक बटुलेको नेपालले पनि फाइनलको यात्रा तय गर्‍यो।

उता समान खेलबाट २ अंक मात्र बटुल्न सकेको नामिबिया उपाधि होडबाट बाहिरिएको हो।

सिरिजअन्तर्गतका सुरुका आफ्ना दुई खेलमा पराजित भएको नेपाल उत्कृष्ट पुनरागमन गर्दै बाँकी दुई खेलमा विजयी भएको थियो।

आजको खेलमा पनि नेपाल सोही नतिजा निकाल्दै उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ। उता नेदरल्यन्ड्स पनि नेपाललाई पराजित गर्दै उपाधि चुम्ने लक्ष्यमा देखिएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.