डडेल्धुरामा चुनावी गतिविधिमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता

dream cafe
learnar

डडेल्धुरा : आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै डडेल्धुराका राजनीतिक दल र सरोकारवालाहरूले प्रचारप्रसारका कुनै पनि गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने सामूहिक प्रतिबद्धता जनाएका छन्।

शनिबार जिल्ला निर्वाचन कार्यालय डडेल्धुराको आयोजना तथा लू निभाः बाल सरोकार समूहको सहकार्यमा ‘निर्वाचन आचारसंहिता तथा बालअधिकारसम्बन्धी कार्यक्रम’मा ८ बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरिएको हो।

Ird

निर्वाचनसाग जोडिएका गतिविधिमा बालबालिकालाई प्रयोग नगर्ने सहमतिमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित अन्य सरोकारवालाहरू सहभागी भएका थिए।

सहमतिअनुसार बालबालिकालाई जुलुस, ¥याली, प्रचारप्रसार, पर्चा–पोस्टर टाँस्ने वा बोक्नेजस्ता काममा श्रमिकका रूपमा प्रयोग नगर्ने उल्लेख छ।

HARDIK AGRo NEw

त्यस्तै राजनीतिक आस्थाका नाममा द्वन्द्व सिर्जना गर्ने, हुलहुज्जत वा झगडामा बालबालिकालाई संलग्न नगराउने, निर्वाचनसम्बन्धी गतिविधिमा हतियार ओसारपसार वा बोकाउने काम नगर्ने प्रतिबद्धता पनि जनाइएको छ।

मतदान बहिष्कारका नाममा बाटो अवरुद्ध गर्ने, मतदातालाई अलमल्याउने, विद्यालयका विद्यार्थी समूह परिचालन गर्ने, चन्दा संकलन, जासुसी, सुराकी वा सूचना वाहकका रूपमा प्रयोग नगर्ने विषयसमेत सहमतिमा समेटिएको छ।

लू निभाः बाल सरोकार समूह डडेलधुराका कार्यक्रम संयोजक धर्मसिंह ऐरले निर्वाचन प्रक्रियामा बालबालिकाको प्रयोग बालअधिकारको उल्लंघन हुने बताए। अधिवक्ता युवराज जोशीले बालबालिकालाई चुनावी प्रचारमा प्रयोग गर्न कानुनले निषेध गरेको स्पष्ट पारे।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले उम्मेदवार तथा राजनीतिक दलको सुरक्षाका लागि प्रशासन तयार रहेको उल्लेख गर्दै आचारसंहिता उल्लङ्गन भए कानुनी कारबाही हुने चेतावनी दिए।

मुख्य निर्वाचन अधिकृत अरुणकुमार कोइरालाले डडेलधुरामा अन्य जिल्लाको तुलनामा आचारसंहिता पालना सन्तोषजनक रहेको दाबी गर्दै सबै पक्षको सहयोगले निर्वाचन प्रक्रिया अझ व्यवस्थित हुने विश्वास व्यक्त गरे।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.