सुन्तला जात फलफूलको सुवासले जागेको ‘दोबाटा गाउँ’

dream cafe
learnar

डडेल्धुरा : हरियालीमा सजिएको, पङ्क्तिबद्ध बोटहरू र टम्म पाकेका सुन्तला जातले भरिएको बगैँचा।

हेर्दा जो–कोहीको मन लोभ्याउने यस्तो दृश्य अहिले डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटा गाउँमा देख्न सकिन्छ।

Ird

किसानको पसिना र प्रकृतिको सुन्दर मेलले दोबाटा गाउँलाई अहिले जिल्लाकै नमुना बगैँचाको रूपमा चिनाउन थालेको छ।

भौगोलिक रूपमा दुर्गम मानिने दोबाटा गाउँ डोटी र कञ्चनपुर सिमा नजिक पर्छ।

जिल्ला सदरमुकाम पुग्न कठिन भए पनि यहाँका किसानले सुन्तला र मौसमी जुनारमार्फत आफ्नै गाउँमा सम्भावनाको बिउ रोपेका छन्।

६० वर्षीय किसान उद्धवसिंह थलालले २०५८ सालतिर चार–पाँच वटा मौसमी जुनारका बोटबाट यात्रा सुरु गरेका थिए।

सुरुमा आफ्नै उपभोगका लागि रोपिएका ती बोटले राम्रो उत्पादन दिन थालेपछि उनले व्यावसायिक खेतीतर्फ पाइला चालेका छन्।

‘सुरुमा त आफू खानकै लागि हो। तर राम्रो फल दिन थालेपछि डेढ सयभन्दा बढी बिरुवा रोपेँ,’ थलाल भन्छन्, ‘अहिले मौसमी जुनार र सुन्तलाबाट मकै–गहुँभन्दा धेरै आम्दानी हुन्छ। सिजनमा एक लाख रुपैयाँसम्म आम्दानी हुन्छ।’

हिउँदमा घरसम्मै व्यापारी पुग्ने गरे पनि वर्षातमा सडक बिग्रँदा ढुवानी ठूलो चुनौती बन्ने गरेको उनको गुनासो छ।

‘५० रुपैयाँसम्म प्रतिकिलो मौसमी जुनार बिक्री भइरहेको छ। तर वर्षातमा गाडी नै नचल्दा समस्या हुन्छ,’ उनले थपे।

HARDIK AGRo NEw

उस्तै अनुभव सुनाउँछन् अर्का कृषक चन्द्रदेव जोशी।

२०२३ सालमा बैतडीको दोगडाकेदारबाट बसाइँ सरेर आएका जोशीले परम्परागत बाली छोडेर नगदेबालीतर्फ मोडिएको बताउँछन्।

‘पहिला गहुँ, मकै, धान लगाउँथेँ। अहिले बारीभरि सुन्तला र मौसमी जुनार छ,’ जोशी भन्छन्, ‘गत वर्ष मात्रै ९० हजारको बिक्री भयो। तर बजार र ढुवानी अझै चुनौती छन्। चराले पनि धेरै नोक्सानी गर्छ।’

दोबाटाको बगैँचा व्यवस्थित र व्यावसायिक बन्नुमा कृषि ज्ञान केन्द्र डडेल्धुराको महत्वपूर्ण भूमिका रहेको छ। केन्द्रले प्राविधिक सल्लाह, तालिम र बगैँचा व्यवस्थापनसम्बन्धी सहजीकरण गर्दै आएको छ।

कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुका अनुसार काटछाँट, रोग–किरा व्यवस्थापन, मल व्यवस्थापनदेखि उत्पादन प्रवद्र्धनसम्मको सेवा कृषकको बारीमै पुगेर दिइँदै आएको छ।

बागबानी अधिकृत रामसिंह बोहराले प्राविधिक टोलीले बोटको चोर हाँगा, बाक्लो र रोगी हाँगा हटाउने, काटिएको स्थानमा विषादी लगाउने, मल व्यवस्थापन र सिँचाइका आधुनिक तरिका सिकाइरहेको जानकारी दिए।

तालिमका क्रममा कृषकहरूले बोट पहेँलो हुने, सुक्ने र फल झर्ने जस्ता समस्या राखेका थिए।

प्राविधिक टोलीले ती समस्याको समाधानका उपायसमेत सिकाएको छ।

कृषक पदमनाथ भन्छन्, ‘ज्ञान केन्द्रबाट तालिम पाएपछि सुन्तलाजात खेतीप्रति झन् आकर्षण बढेको छ। अब यसलाई अझ विस्तार गर्ने सोचमा छु।’

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.