डडेल्धुरामा बाँदर आतंक घटाउन नयाँ फर्मुला, मेलका बोटमा नास्पाती कलमी

dream cafe
learnar

डडेल्धुरा : कृषि ज्ञान केन्द्र डडेल्धुराले हिउँदे फलफूल बोटबिरुवा कलमी कार्यक्रम अभियान गरेको छ।

आज डडेल्धुराको अमरगढी नगरपालिका–२ बिरखम्ब र सेराबाट उक्त अभियान सुरु गरिएको हो।

GBL NEW

जिल्लाका विभिन्न ठाउँमा यो अभियान सञ्चालन हुने ज्ञान केन्द्र प्रमुख नरेन्द्र पनेरुले जानकारी दिए।

पनेरुका अनुसार यो कार्यक्रमले जंगली क्षेत्रको सदुपयोग गर्दै फलफूल उत्पादन वृद्धि गर्नुका साथै बाँदरका कारण किसानले भोग्दै आएको क्षति न्यूनीकरण गर्ने लक्ष्य लिएको छ।

कार्यक्रम अन्तर्गत जंगलमा आफैं हुर्किएका ‘मेल’का बोटमा नास्पाती जातका बिरुवा कलमी गरिएको हो।

यस प्रविधिबाट जंगलमै फलफूल उत्पादन हुने र त्यसको प्रत्यक्ष लाभ स्थानीय किसानले पाउने अपेक्षा गरिएको छ।

जंगली बोटमा फलफूलका कलमी लगाउँदा एकातिर स्थानीयले नास्पाती जस्ता पौष्टिक फलफूल उपभोग गर्न पाउँछन् भने अर्कोतिर बाँदरका लागि जंगलमै खानेकुरा उपलब्ध हुन्छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.