नेकपाबाट प्रतिनिधिसभाको निर्वाचन लड्दै क्रान्ति, पाए टिकट

dream cafe
learnar

डडेल्धुरा: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य मानसिंह माल ‘क्रान्ति’ले प्रतिनिधिसभा सदस्य पदका लागि पार्टीको टिकट प्राप्त गरेका छन्।

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपाले माललाई डडेल्धुराबाट आधिकारिक उम्मेदवारका रूपमा अघि सारेको हो।

Amargadhi Education

लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय रहँदै आएका माललाई अनुभवी र संघर्षशील नेताका रूपमा मूल्याङ्कन गर्दै पार्टीले टिकट दिएको जनाएको छ।

टिकट पाएसँगै मालले डडेल्धुरामा संगठनलाई थप सुदृढ बनाउँदै जनताको आवाज संसद्सम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेकपाले यसपटक डडेल्धुरामा बलियो उम्मेदवार उठाएकाले निर्वाचनमा जित हासिल गर्ने दाबीसमेत गरेको छ।

अजयमेरु फाैजी केरा

यसअघि नेकपाको जिल्ला नेतृत्वले प्रतिनिधिसभा सदस्यतर्फ मालसहित महिलातर्फ निरादेवी जैरु, अन्यतर्फ अनिल बोहरा तथा जेन्जीतर्फ मुकुन्द भट्टको नाम सर्वसम्मत रूपमा केन्द्रमा सिफारिस गरेको थियो।

केन्द्रीय सदस्यसमेत रहेका माललाई संसदीय प्रतिस्पर्धामा बलियो उम्मेदवारका रूपमा अघि सारिएको पार्टी स्रोतको भनाइ छ।

परशुराम नगरपालिका–४, कटाल स्थायी घर भएका माल १० वर्षे सशस्त्र युद्धका सहभागीसमेत हुन्।

माल तिनै हुन्, जसले यसअघि डडेल्धुराबाट समानुपातिक सूचीमा कसैलाई समावेश नगरेको भन्दै सामाजिक सञ्जालबाट चुनाव नलड्ने घोषणा गरेका थिए।

र, यो पनि : 

नेकपाको समानुपातिक सूचीमा डडेल्धुरा शून्य, क्रुद्ध मानसिंहले प्रत्यक्ष उम्मेदवारी छाडे

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.