बोहरा मेडिको सेन्टर

नेकपाको समानुपातिक सूचीमा डडेल्धुरा शून्य, क्रुद्ध मानसिंहले प्रत्यक्ष उम्मेदवारी छाडे

dream cafe
learnar

डडेल्धुरा :  आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि डडेल्धुरा जिल्लाबाट  प्रत्यक्षतर्फ उम्मेदवारीको दाबी गर्दै आएका तत्कालिन माओवादी केन्द्र सुदूरपश्चिम उपाध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टीका नेता मानसिंह मालले अब प्रत्यक्षतर्फको उम्मेदवारी दाबी नगर्ने घोषणा गरेका छन्।

पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा डडेल्धुराबाट एक जनासमेत नपरेको भन्दै असन्तुष्टि व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्।

CNA
Bohora ma 1

‘निर्वाचन हुनु अघि नै सड्यन्त्र सुरु भयो। डडेल्धुरा पूर्ण रूपमा बेवास्ता गरियो,’ उनले लेखेका छन्।

मालले आफ्नो पक्षमा सिफारिस गरि साथ दिएको सबै साथीलाई धन्यवाद दिँदै समानुपातिक सूचीको निर्णयले नै आफ्नो प्रत्यक्षतर्फको दाबी अन्त्य भएको स्पष्ट पारेका छन्।

नेकपा डडेल्धुराले प्रत्यक्ष तर्फ महिलातर्फ निरादेवी जैरु, खुल्लातर्फ मानसिंह माल ‘क्रान्ति’ र अनिल बोहरा, तथा जेन्जी तर्फबाट मुकुन्द भट्टको नाम सिफारिस गरेको थियो।

यसैगरी समानुपातिकतर्फ जयन्ती बुढाएर, अहिल्या कुँवर, शकुन्तला नगरकोटी, नरबहादुर बिष्ट, नन्दादेवी भट्ट र धर्म विक लगायतको नाम सिफारिस गरिएको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.