बोहरा मेडिको सेन्टर

डडेल्धुरामा विद्यार्थी लक्षित लागूऔषध न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराका विद्यार्थीलाई लक्षित गरी लागूऔषध न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालिएको छ।

नेपाल प्रहरीसँगको सहकार्यमा सामाजिक विकास कार्यालय डडेल्धुराले लागूऔषध न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको हो।

CNA

आइतबार कार्यालयले भागेश्वर गाउँपालिका–४ स्थित सरस्वती माध्यमिक विद्यालयमा कार्यक्रम गरेको छ।

सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख मीनबहादुर लामिछानेले कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई मध्येनजर गरेर कार्यक्रम गरिरहेको जानकारी दिए।

उनले कार्यक्रमले विद्यार्थी तथा समुदायमा लागूऔषले गर्ने हानी नोक्सानी, साइबर सुरक्षा, मानसिक स्वास्थ्यप्रति सचेतना र जीवनप्रति सकारात्मक सोच विकास गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको बताए।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान कार्यालय डडेल्धुराका प्रमुख महेशदत्त अवस्थीले साइबर अपराधसम्बन्धी विस्तृत तथ्याङ्क प्रस्तुत गर्दै पछिल्लो समय बैंकिङ ठगी, सामाजिक सञ्जालको दुरुपयोग, अनलाइन ठगी, पासपोर्ट चोरी तथा ह्याकिङजस्ता घटनाहरू तीव्र रूपमा बढ्दै गएको बारे जानकारी दिएका थिए।

GBL NEW

डिजिटल माध्यम प्रयोग गर्दा उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिँदै उनले व्यक्तिगत विवरण, ओटीपी, पासवर्ड तथा अनलाइन कारोबारमा कुनै पनि लापरवाही नगर्न विद्यार्थीहरूलाई आग्रह गरे।

सशस्त्र प्रहरी बल नेपाल नं. ५२ गुल्म हेडक्वाटर डडेल्धुराका डीएसपी प्रकाशचन्द्र भट्टले मानसिक तथा शारीरिक स्वास्थ्यसम्बन्धीको रेकर्डको प्रस्तुत गर्दै डिप्रेसनका कारण, लक्षण र समाधानबारे जानकारी गराए।

मानसिक समस्या कमजोरी नभई उपचारयोग्य स्वास्थ्य समस्या भएको उल्लेख गर्दै समयमै सहयोग र उपचार लिनु आवश्यक रहेको भनाइ थियो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी बरुणबहादुर सिंहले लागूऔषधका प्रकार, त्यसको दुष्प्रभाव, ओसारपसारको अवस्था तथा प्रचलित कानुनी सजायबारे विद्यार्थीहरूलाई जानकारी गराएका थिए।

सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख मीनबहादुर लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला, जिल्लास्थित सञ्चारकर्मी, शिक्षक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

र, यो पनि :

डडेल्धुरामा अटो चालक र ग्यारेज व्यवसायी लक्षित लागूऔषध नियन्त्रण कार्यक्रम

Ddl dental
Leave A Reply

Your email address will not be published.